काठमाडौं– न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका पूर्व प्रमुख एवं बेलायतका पूर्व राजदूत मुरारीराज शर्माको निधन भएको छ। हृदयाघातका कारण जनवरी १४ का दिन उनको निधन भएको हो।
उनी मुरारी अधिकारीको नामले साहित्य क्षेत्रमा परिचित थिए। उनको कथासंग्रह ‘मुरारी अधिकारीका कथाहरु’ प्रकाशित छन् भने उनी मैनाली कथा पुरस्कारले पनि पुरस्कृत भएका थिए। उनका श्रीमती र २ छोरा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।