काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि द्वन्द्व पीडित फणिन्द्र लुइटेलले त्यसको कडा विरोध गरेका छन्।
देशभित्रै संक्रमणकालीन न्यायको मार्ग प्रशस्त गर्ने आधारहरू आफूहरूले खोजिरहेको बताउँदै लुइटेलले सर्वोच्चको गाइडलाइन र अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको पीडितमैत्री कानुन निर्माण र कार्यान्वयन आफूहरूले खोजिरहेको बताएका हुन्।
उचित परिपूरण र पीडितहरूको व्यवस्थापन प्याकेजमा हुनुपर्ने बताउँदै लुइटेलले अन्यथा जति ढिला भयो त्यति द्वन्द्वकालीन घटनाहरू प्रचण्डका लागि घाँटीको पासो हुने बताएका छन्।
देश भित्रै कानुनी कारबाहीको दायरामा प्रचण्ड आउन सक्ने भन्दै लुइटेलले नआए अन्तर्राष्ट्रिय रूपमा कानुनी उपचारका लागि पहल थालिने बताएका हुन्। लुइटेल भन्छन्‚ ‘हामी देशभित्रै द्वन्द्वकालीन घटनाहरूको निरूपण होस् भन्ने चाहन्छौं,अन्यथा अन्तर्राष्ट्रिय अदालत हेगलाई गुहार्नुको विकल्प छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।