काठमाडौं– बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) जनयुद्धकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा आफूले लिने नेकपा अध्यक्ष प्रचण्डको भनाइ, केही समयभित्रै रेशम चौधरीलाई छुटाउने दाबी।
२) ट्रष्ट जग्गा विवाद : गोकर्ण रिसोर्टको समय थप र दरबारमार्ग लिज प्रकरण पुग्यो अदालत, यतिलाई अदालत उपस्थित हुन आदेश, सरकारसँग जवाफ माग।
३) सरकारको अर्धवार्षिक हिसाब : पुँजीगत खर्च १३ दशमलव ७२ प्रतिशत, राजस्वको लक्ष्य पुग्यो पहिलोपटक, राजस्व लक्ष्य र संकलनको अन्तर साँढे ८१ अर्बमा झर्यो।
४) सन्दीप लामिछानेले एभरेस्ट प्रिमियर लिग टी ट्वान्टी क्रिकेट खेल्ने पक्का, काठमाडौं किङ्समा अनुबन्धित, अहिले अस्ट्रेलियामा बिग ब्यास लिग खेल्दै।
५) र, पाकिस्तानमा चार दिनदेखिको वर्षा र हिमपहिरोका कारण ९८ जनाको मृत्यु, काश्मीरमा मात्र ६९ जना ज्यान गुमाए, मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान।
विस्तृत समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।