काठमाडौं- क्यानडियन गायक तथा गीतकार जस्टिन बीबर हाल खतरनाक रोगसँग जुधिरहेका छन्।
२५ वर्षीय ती गायकले केही समयअघि आफ्नो इंस्टाग्राम अकाउन्टमा एक पोष्टमार्फत् जानकारी दिए। बीबरले आफूलाई लाइम रोग लागेको जानकारी दिए।
लाइम रोग प्रायजसो टिक्ट काट्ने ब्याक्टेरियाहरूले गर्दा हुन्छ। यसको लक्षण एउटा यस्तो डिप्रेसन हो जुन निकै खतरनाक हुन्छ।
'म लाइम रोगबाट पीडित छु। यतिमात्र हैन, क्रोनिक मोनोको गम्भीर अवस्था पनि आएको थियो। जसले मेरो छाला, दिमाग, शक्ति लगायतक मेरै स्वास्थ्यलाई असर गरेको छ,' उनले लेखेका छन्।
ग्रय्यामी विजेता गायकले यो संक्रमणको बारेमा आफ्नो आगामी डकुमेन्ट्री श्रृंखला 'जस्टिन बीबर : सिजन्स'मा पनि बताउनेछन्। यो शृंखला जनवरी २७ मा रिलिज हुनेछ।
१० भागको यस शोले बीबरको नयाँ एल्बम निर्माणको चरणका साथै उनको व्यक्तिगत जीवनलाई पनि देखाउनेछ। उनले अन्तिममा लेखेका छन्, 'म कसरी यस समस्यासँग जुधिरहेको छु र कसरी ठीक हुँदैछु। यो सब तपाईंहरूले थाहा पाउनुहुनेछ।'
लाइम भेडा वा कुकुरजस्ता जनावरमा बढी देखिन्छ। सुरुमा यस रोगको लक्षणबारे थाहा हुँदैन। जुन लक्षण देखापर्छ त्यो डिप्रेसनको लक्षण हुन्छ।
बीबरको 'बेबी' गीत संसारभर निकै चर्चित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।