एजेन्सी– बेकरी आइटमदेखि भवन निर्माणसम्मका काममा प्रयोग गरिने पाम आयल एउटा बहुउपयोगी उत्पादन हो। स्याम्पु, साबुन, मन्जन, भिटामिनका चक्की, मेकअपका सामानलगायत दिनहुँ प्रयोगमा आउने चिजहरुमा पाम आयलको प्रयोग गरिएको हुन्छ। यतिमात्र होइन, हामीले प्रयोग गर्ने सवारीमा भरिने डिजेल र पेट्रोलमा समेत पाम आयलको प्रयोग अधिक हुन्छ। यो निश्चितप्रायः छ कि आज तपाईंले कुनै न कुनै बेला पाम आयलको प्रयोग गरिसक्नु भएको छ।
विद्युत‚ जसले विभिन्न यन्त्रलाई शक्ति दिइरहेको हुन्छ, त्यसमा पनि पाम आयलको महत्वपूर्ण भूमिका हुन्छ। यसअनुसार भन्दा तपाईंले अहिले यो सामग्री पढिरहनुभएको यन्त्र (कम्प्युटर, मोबाइल) मा पनि पाम आयलको केही न केही भूमिका हुन्छ।
तर पाम आयलको नकारात्मक असरले गर्दा यसप्रति मानिसहरूको आशक्ति विश्वकै लागि महङ्गो साबित हुन सक्छ। के अब यसलाई प्रतिस्थापन गर्न सकिएला त?
पाम आयल विश्वकै सबैभन्दा चर्चित वनस्पतिजन्य तेल हो। विभिन्न उत्पादनहरूमा यसको प्रयोग करीब ५० प्रतिशतभन्दा बढी हुने गरेको पाइएको छ। विश्व बजारका लागि सन् २०१८ मा किसानहरूले ७ करोड ७० लाख टन पाम आयल उत्पादन गरेका थिए। सन् २०२४ सम्ममा यो वृद्धि भएर करीब १० करोड ७० लाख टन पुग्ने अनुमान गरिएको छ।
हाम्रो जीवनमा यसको प्रयोग दिनानुदिन बढ्दै गइरहेको छ। पश्चिमी अफ्रिकामा पाइने पाम आयल देख्नमा पहेँलो रङ्गको‚ गन्धभुक्त भएको हुनाले पनि विभिन्न खाद्य वस्तुमा यसको प्रयोग गरिन्छ। अनुहारमा लगाइने क्रिमहरू र यस्तै अन्य धेरै ठाउँमा यसको प्रयोग गर्ने गरिन्छ।

पाम आयलमा बढी मात्रामा हाइड्रोजन मिसाइएको हुनाले यो स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरू बताउँछन्। यसमा फ्याटको मात्रा अधिक हुने हुनाले यसबाट हृदय अथवा रक्तनलीसम्बन्धी रोगहरू निम्त्याउन सक्ने डाक्टरहरू बताउँछन्।
पाम आयल उच्च तापक्रममा पनि प्रयोग गर्न सकिने भएकाले भान्सामा पनि यसको प्रयोग गर्ने गरिन्छ। यसलाई इन्धनका लागि पनि प्रयोग गर्ने गरिन्छ। कङ्क्रिट बनाउन पनि यसको आवश्यकता पर्ने भएकाले यसलाई मानव जीवनमा यसको सर्वव्यापी उपस्थित रहेको बताइन्छ।
यसलाई सहजै उत्पादन गर्न सकिने भएकाले पनि अहिले यसको व्यापारमा प्रायः जसो मानिसहरू लागी परिरहेका छन्।
इन्डोनेसिया र मलेसियामा मात्रै करीब १ करोड ३० लाख हेक्टर जमीनमा पाम खेती गरिएको छ। जुन‚ विश्वमा उत्पादन हुने पाम आयलको झण्डै आधा हो। तर‚ तीव्र रुपमा वृद्धि भएको पाम खेतीले गर्दा इन्डोनेसिया र मलेसियाका धेरैजसो भूभागको उत्पादकत्वमा कमी आएको र यसले सो क्षेत्रका जंगललाई पनि असर पुर्याइरहेको छ।
‘ग्लोबल फरेस्ट वाच’का अनुसार इन्डोनेसियाले सन् २००१ देखि २०१८ को बीचमा २ करोड ६० लाख हेक्टर रुखबिरुवा हुने भूभाग (करीब न्यूजील्याण्डको समग्र भूभाग) गुमाइसकेको छ।

तर यसको विकल्प खोज्न धेरै सहज भने छैन।
फूड जायन्ट ‘जनरल मिल्स’ पाम आयल खरिद गर्ने ठूला कम्पनीमध्येको एक हो। कम्पनीका प्रवक्ता मोली उल्फ भन्छन्‚ ‘यसले शरीरलाई प्रभाव पारिरहेको हुन्छ, यस्तो प्रकारको तेलको सट्टा अर्को यसैको डुप्लिकेट तेल प्रयोग गर्नु पनि चुनौतीपूर्ण नै हुनसक्छ।’
समान गुण भएका अरु वनस्पति खोज्नु अबको विकल्प हुनसक्छ। पाम आयलमुक्त वनस्पति खोज्ने क्रममा बेलायतको कस्मेटिक ब्राण्ड ‘लस’ले रेपसिड र नरिवलको तेललाई मिक्स गर्योल। त्यसपछि दुई वा दुईभन्दा बढी वनस्पतीको सम्मिश्रणबाट पनि तेल उत्पादन गर्न सकिने रहेछ भन्ने धारणाको विकास हुन थाल्यो।
यसैबीच खाद्य तथा कस्मेटिक वैज्ञानिकहरूले विभिन्न देशका विभिन्न वनस्पति जम्मा गरी तिनीहरूको सम्मिश्रणबाट विभिन्न परीक्षण गरेका छन्। जस्तैस् सिया‚ साल‚ जोजोबा‚ कोकम‚ इलप‚ जट्रोफा‚ आँपको कोया आदिमाथि विभिन्न परीक्षण भइरहेका छन्।
आंशिक रुपमा हाइड्रोजन मिसाएर तिनीहरूको सम्मिश्रणबाट विभिन्न गुणयुक्त तेलको उत्पादन भइराखेको छ। पाम आयलको जस्तै गुण भएका तेलको उत्पादन भने गर्न सकिन्छ। तर‚ ती तेल केही महङ्गो पर्ने भएकाले पनि पाम आयलको जस्तो बजार अरू तेलले ओगट्न नसक्ने विज्ञहरू बताउँछन्।
यसमा फ्याट्टी एसिडको मात्रा बढी हुने भएकाले यसले चिल्लो घुलनशील भिटामिनलाई सोस्ने काम गर्छ। विश्वव्यापी रुपमा मासुको माग र पोल्ट्री तथा दुग्धजन्य उत्पादनमा वृद्धि भएसँगै पाम आयलको माग पनि सँधै झैं बढ्ने गरेको छ।
हरित ग्याँस
सन् २०१७ मा उत्पादनका आधाभन्दा बढी पाम आयल युरोपियन युनियनका मुलुकमा निर्यात गरी इन्धनको रुपमा प्रयोग गरिएको थियो। केही समय इयुले सन् २०१७ बाट आफ्नो सडक परिवहनसँग सम्बन्धित लक्ष्य सफल पार्न पाम आयलको पनि प्रयोग गरेको थियो। तर‚ इयुले पाम आयलले पर्यावरण बिगार्ने भन्दै २०१९ मा यसको प्रयोगमा रोक लगाएको थियो।
पाम आयलको विकल्प खोज्न विभिन्न अध्ययन नभएका भने होइनन्। लेउबाट पनि पाम आयलसमान गुण भएको तेल उत्पादन गर्न सकिने विभिन्न अध्ययनहरूले बताएका छन्।
लेउबाट तेल उत्पादन गर्न सकिए पनि पाम आयलले जसरी बजार लिन भने कठिन नै पर्ने देखिन्छ।
वनस्पति जेनेसिस्ट (वंशविद) डेभिड नेल्सनले पाम आयललाई विस्थापन गर्नेगरी लेउबाट तेल निकाल्न अध्ययन गरिरहेका छन्। उनका अनुसार लेउ जस्तोसुकै ठाउँमा पनि पाउन सकिने भएकाले पाम आयलको तुलनामा अझ सस्तो हुन्छ र विश्वबजार पनि यसले ओगट्न सक्छ।

डेभिड नेल्सन भन्छन्‚ ‘यदि निषेधमात्र गरियो भने पनि पाम आयलको उत्पादनमा कमी आउँनेछ, अनिमात्र लेउबाट बनेको तेल विश्वबजारमा फैलन सक्छ। हामीसँग यसलाई सुहाउँदो किसिमको मौसम पनि छ। मौसमले लेउबाट तेल उत्पादन गर्न ठूलो भूमिका खेलिरहेको छ।’
प्रायः पश्चिमी देशका कम्पनीहरूले राउण्डटेबल फर सस्टेनेवल पाम आयल ९आरपीएसओ० द्वारा मान्यताप्राप्त पाम आयलमात्र खरीद गर्छन्। उक्त कम्पनीका विरुद्ध पनि विभिन्न आलोचना नआएका भने होइनन्। कम्पनीको नीति अस्पष्ट र निष्प्रभावी भएको भनी विभिन्न क्षेत्रबाट आलोचनात्मक भनाइहरू पनि आइरहेका छन्।
सन् २०१७ मा एक्सनमोबिल र सिन्थेटिक जेनोमिक्सले पनि लेउबाट उत्पादन हुनसक्ने तेलको बारेमा भनेका थिए।
पाम खेती अरुको तुलनामा धेरै नै उत्पादन हुने र यसलाई हुर्काउन पनि धेरै लगानी गर्नु नपर्ने भएकाले यो विश्व बजारमा छिट्टै नै फैलियो र पाम आयल नै सबै कुरामा प्रयोग गर्न थालियो। १ हेक्टरमा गरिएको पाम खेतीले प्रत्येक वर्ष करीब ४ टन वनस्पतिजन्य तेल उत्पादन गर्न सक्छ। यो परिमाण अन्य वनस्पतिको भन्दा धेरै नै बढी हो। प्रतिवर्ष र्या प्सिडले ०।६७‚ सूर्यमुखीफूलले ०।४८‚ भटमासले ०।३८ टनमात्र उत्पादन गर्न सक्छन्।
उच्च स्थानमा गरिएको पाम खेतीबाट अरु स्थानको तुलनामा २५ गुणा बढी तेल उत्पादन हुन्छ त्यति नै तेल भटमासबाट पनि उत्पादन गर्न सकिने विज्ञहरू बताउँछन्।
पाम आयल पनि सजिलै उब्जन सक्ने भएकाले र तुलनात्मक हिसाबले अरुभन्दा सस्तो भएकाले पनि यसको विस्तार विश्वभरि नै भएको हो।
जंगलको विनाश गर्दै पाम खेती गर्नाले जमीनको उत्पादकत्वमा ह्रास आई प्राकृतिक रुपमा पनि हानी पुर्याइरहेको हुन्छ।

विश्वभर पाम आयलको ठूलो व्यवसाय छ। हाल विश्वको पाम खेती ६७ अर्ब अमेरिकी डलर बराबरको छ।’ जौ विशेषज्ञ केल रेनोल्ड भन्छन्‚ ‘पाम आयल नहुने बिरुवाबाट पनि पाम आयलको उत्पादन गर्न सम्भव छ। के हामी यो गर्न सक्छौं त? अवश्य पनि‚ तर बजार मूल्य महङ्गो हुने भएकाले यो बजारमा टिकिरहन सक्ला?’
रेनोल्डका अनुसार जस्तोसुकै गुणस्तरको तेललाई पनि एकै किसिमले बिक्री गर्नु नराम्रो कुरा हो। उनी भन्छन्‚ ‘मलेसियाली पाम आयलसँग सम्बद्ध मानिसहरू यसको विश्वसनीयताको बारेमा कुरा उठाउँछन्। तर‚ उनीहरूले बिक्री गरिरहेको तेलीय पदार्थमा उनीहरूले भनेजस्तो विश्वसनीयता पनि म देख्दिनँ।’
पाम आयलको उपस्थिति हाम्रो जीवनमा सर्वव्यापीजस्तै बनिसकेको छ। तर यसको विस्थापन भने विभिन्न तरिका अपनाएर गर्न सकिने विज्ञहरू बताउँछन्।
यी कुराहरूबाट पनि प्रष्ट हुन्छ कि पाम आयललाई अरु तेलले अहिले नै विस्थापन असम्भवप्रायः छ।
बिबिसी फ्युचरबाट प्रदीप खद्योतको अनुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।