काठमाडौं- अभिनेत्री प्रियंका कार्की आफ्ना निकटवर्ती साथी र बहिनीहरूले संयुक्त रुपमा दिन लागेको ‘ब्याचलर पार्टी’मा रमाउन थाइल्यान्ड प्रस्थान गर्दैछिन्। ‘कसले बिहे गर्दै छ, अनुमान गर्नुस्’ भन्दै इन्स्टाग्राममा त्रिभुवान विमानस्थलमा खिचिएको तस्बिर पोस्ट गरेर उनले ब्याचलर पार्टीबारे जानकारी दिएकी छन्।
केही वर्षयता आयुष्मान देशराज श्रेष्ठसँग गहिरो प्रेममा रहेकी प्रियंकाको उनैसँग 'इंगेजमेन्ट' भएको डेढ वर्ष भइसकेको छ। तर, उनीहरूको विवाहको साइत जुर्न सकेको छैन।
सन् २०२० मा बिहे गर्ने तयारीमा रहेकी प्रियंकालाई बिहेअघि साथी र बहिनीहरूले मिलेर ब्याचलर पार्टी दिन लागेका हुन्। ब्याचलर पार्टी दिने समूहमा मोडल तथा भिजे सहाना बज्राचार्य, फेसन डिजाइनर सिवागीं प्रधान लगायत छन्।
यसअघि अभिनेत्री ऋचा शर्मालाई प्रियंका, केकी अधिकारी लगायतको समूहले पोखरामा ब्याचर पार्टी दिएको थियो। त्यसको एक महिनामै ऋचाले बिहे गरेकी थिइन्। त्यसैले प्रियंकाको यो पार्टीले समेत उनको बिहेको मिति नजिकिएको संकेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।