काठमाडौं- बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणको फिल्म 'छपाक' यतिबेला प्रदर्शनमा छ। फिल्ममा उनको अभिनयलाई लिए थुप्रै दर्शकले तारिफ गरेका छन्। बलिउडका चर्चित अभिनेता शाहरुख खानको फिल्म 'ओम शान्ति ओम'कमार्फत् फिल्ममा डेब्यू गरेकी दीपिकाले चलचित्र क्षेत्रमा निकै लोकप्रिय बनिन्।
दीपिकाले हलिउडमा पनि धमाकेदार डेब्यु गरिन्। उनले सन् २०१७मा 'द रिटर्न अफ जेन्डर केज'मा सेरेनाको भूमिकामा सुपरस्टार विन डीजलको साथ हलिउडमा डेब्यू गरेकी थिइन्। यही शृंखलाको आउनेवाला अर्को फिल्ममा फेरि दीपिकाले अभिनय गर्ने सम्भावना छ।
विन डीजलले यस शृंखलाको एक सय एक फिल्ममा काम गरिसकेका छन्। उक्त फिल्मका सबै कलाकारको पारिवारिक सम्बन्ध बनाउन उनी सफल रहे।
उनले हालै इन्स्टाग्राममा एक तस्बिर सेयर गरेका थिए। जुन देख्दा यस्तो लाग्छ कि फेरि एक पटक जेण्डर केज पुन: कलाकारका साथ काम गर्न जाँदैछन्।
यस तस्बिरको क्याप्सनको अन्तिममा 'जेण्डर केज ५'मा दीपिका पादुकोणको नामको पनि ह्यास ट्याग छ।
यसबाट अनुमान गर्न सकिन्छ कि यस सिरिजको आउँदो फिल्ममा दीपिकालाई पनि फेरि एक पटक देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।