काठमाडौं- बलिउडमा जुनसुकै भूमिकामा पनि उतिकै सशक्त अभिनय गर्ने अभिनेता बमन ईरानी फेरि एक चाखलाग्दो पात्रमा देखा पर्दैछन्।
यस पटक रणवीर सिंहको फिल्म 'जयेशभाई जोरदार'मा बुबाको भूमिकामा बमन देखिँदैछन्। फिल्मको स्क्रिप्टबाट प्रभावति भएर भूमिका मन परेकाले बमनले उक्त चरित्र निभाउने फैसला गरेका हुन्।
फिल्मबारे बोल्दै बमनले भने, 'जयेशभाई जोरदारको स्क्रिप्ट एकदम फरक र कहानी अनौठो छ। फिल्मका लेखक र निर्देशक दिव्यांग अत्यन्तै ट्यालेन्ट छन्। उनको जस्तो कन्सेप्ट धेरै वर्षमा एक पटक मात्र आउँछ। उनले विल्कुल फरक कहानी लेखेका छन्। जसले रमाइलो तरिकाले शक्तिशाली सन्देश दिन्छ।'
'जयेश भाई जोरदार'को कहानी एक गुजराती व्यक्तिको बारेमा छ। जसको भूमिका रणवीर सिंहले निभाउनेछन्। फिल्म '८३' पश्चात् बमन पुन: एक पटक रणवीरको साथ काम गर्दैछन्।
रणवीरको बारेमा उनले भने, 'रणवीरसँग काम गर्न सधैं रमाइलो लाग्ने गर्छ। उनी आफ्नो सिनमा पूरा मिहिनेत गर्छन्। म उनको पिताको भूमिका निभाउँदैछु। यो एउटा गहिरो सम्बन्ध हो। जसबारे दर्शकले फिल्म हेरेपछि मात्र थाहा पाउनेछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।