• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘योगराज’ शिक्षामन्त्री

योग गर्दाका दुई स्मरण
64x64
नेपाल लाइभ बुधबार, माघ १, २०७६  १२:२०
1140x725

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्, वर्तमान शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल। स्वास्थ्यमन्त्री हुँदा पोखरेलले जनताको स्वास्थ्यका लागि कति काम गरे, त्यो खोजीकै विषय होला। तर आफ्नो व्यक्तिगत स्वास्थ्यका लागि भने मन्त्री हुँदा होस् या नहुँदा उनी सधैं सचेत छन्।

दैनिक डेढ घन्टा योग गर्छन् मन्त्री पोखरेल। दिनभर मन्त्रालयका काममा दौडधुप गरेर बिताउने मन्त्री पोखरेलले हरेक बिहान डेढ घन्टाको समय भने आफ्नै स्वास्थ्यका लागि छुट्याएका छन्।

सामान्यतः उनी बिहान पाँच बजे उठिसक्छन्। उठ्नेवित्तिकै दिुई गिलास पानी पिउँछन्। नित्यकर्मपछि सुरु हुन्छ उनको योग। फिजियोथेरापी, प्रणायाम र आसनबाट सुरु हुन्छ मन्त्री पोखरेलको दैनिकी। 

उनी योगसँग जोडिएको धेरै वर्ष भयो। पहिले स्वस्थ रहने चाहनाले योगभ्यास थालेको भए पनि पछिल्लो समय शारीरिक आवश्यकता बनेको उनी बताउँछन्। मोटामोटी डेढ घन्टा योगसाधना गर्छन् उनी।

प्राणायाम सिकाउन कहिलेकाहीँ उनका गुरु प्रेम आलोक आउने गर्छन् भने कहिलेकाहीँ फिजियोथेरापीका लागि वीर अस्पतालका फिजियोथेरापिस्ट आउने गर्छन्। 

राजधानी बाहिर जाँदा भने उनको तालिका भत्किन्छ। समय मिलेसम्म तालिकालाई निरन्तरता दिने उनको कोसिस भने रहन्छ।

०६२ सालमा तीनकुनेमा माइक्रो बसले ठक्कर दिँदा घाइते भएका थिए, मन्त्री पोखरेल। ज्ञानेन्द्र शाहले ‘कु’ गरेपछिको घटना थियो त्यो। लहानमा निरंकुशता विरुद्ध गोष्ठी आयोजना गरिएको थियो। गोष्ठीको अतिथि थिए, प्राध्यापक कृष्ण खनाल। खनालका लागि लिएको प्लेन टिकट लिलामणि पोखरेलको घरमा पुर्‍याएर फर्किंदै थिए पोखरेल। 

तीनकुनेमा ट्याक्सी पर्खंदै गर्दा माइक्रोको ठक्करबाट उनी घाइते भए। होस आउँदा केएमसी अस्पतालमा थिए। उनले सम्झिए, ‘बद्री चौलागाईं भन्ने साथीले मलाई अस्पताल पु¥याउनुभएको रहेछ।’   

Ncell 2
Ncell 2
nimb
nimb

दुर्घटनामा परेपछि पोखरेललाई लामो समयसम्म आराम गर्नुपर्ने भयो। शरीरका २६ ठाँउमा चोट लागेको थियो। कम्मरमुनिको भागमा बढी समस्या थियो। ८६ दिनसम्म शौचालय जाँदा पनि अरुको साहारा लिनुपरेको उनी सम्झछन्। ‘६ महिना बैसाखीको सहारामा हिँडे,’ उनले भने।  

हिँड्न थालेपछि पनि घुँडा दुखिरहन्थ्यो। पछि हेर्दा त्यहाँ सिसाको टुक्रा गाडिएको रहेछ। त्यो निकालियो। डा महेश मास्के र डा बाबुकाजी श्रेष्ठले उनको उपचार गरेका थिए। 

त्यो समयमा उनको योगाभ्यास गर्ने क्रम छुट्यो। मोटोपन बढ्यो। ५५ केजीबाट तौल ६० केजी भयो। बसेर पद्मासन गर्न नसक्ने भए दुर्घटनापछि। बस्न समेत समस्या हुन थाल्यो। 

शरीरको चोट राम्ररी निको हुन पाएको थिएन, ०६२/६३ को आन्दोलनमा लाग्नुपर्‍यो। डडेल्धुराको एक कार्यक्रममा लामो कच्ची बाटो यात्रा गर्दा उनको पुरानो दुखाइ फेरि बल्झियो।

त्यसपछि नियमित तालिका बनाएरै फिजियोथेरापी र योग गर्नुपर्छ भन्ने लाग्यो। अहिले ध्यान नगरेको दिन उनलाई फ्रेस फिल हुँदैन। काम गर्ने उत्साह पनि हुँदैन।

हुन त मन्त्री पोखरेलको योगसँगको सम्बन्ध निकै अघि देखिको हो। पहिले पनि योगका कक्षामा जाने र सिक्ने गर्थे। योग गर्ने मात्र होइन, अरुलाई सिकाउने पनि गर्थे उनी। ०४९ सालमा सालमा उनलाई टाइफाइड भएको थियो। त्यो समय ब्याक पेन भयो। डा विहारीलाल श्रेष्ठसँग जाँच गराए। डाक्टरले फिजियोथेरापीमा जान सुझाए। 

त्यसपछि भने उनी आफ्नो शारीरिक आवश्यकताले गर्दा योगसँग जोडिन पुगे। अनि सुरु भयो फिजियोथेरापी, ध्यान र योगको मिश्रण।

उनले विपश्यना ध्यान पनि गरे। दुई पटक १० दिने कक्षा लिए। मन्त्री पोखरेल भन्छन्, ‘विपश्यना निकै वैज्ञानिक लाग्छ। एक घन्टा हिँडेर र बसेर गर्ने विपश्यना गरेको थिएँ, काठमाडौं र लुम्बिनीमा।’ 

बुद्धले जुन विधिबाट ज्ञान प्राप्त गरे। त्यही विधिलाई विपश्यना भनिन्छ। जुन श्वासप्रश्वासमा आधारित छ। 

मन्त्री पोखरेल पहिलेदेखि नै पूर्वीय दर्शनका वैज्ञानिक सिद्धान्तलाई आफूले अपनाएको माक्र्सवादसँग मिलाउनुपर्छ भन्ने धारणा राख्छन्। यसमा आफ्ना समकालीन नेताहरुको भूमिका रहेको उनी बताउँछन्। 

०६२ को आन्दोलनअघि उनी पाटन बस्थे। त्यहाँ कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य आइपुगे। कर्माचार्यको खुट्टामा दुखाइ थियो। 

कर्माचार्यलाई पोखरेलले केही योगका उपाय सिकाइदिएका रहेछन्। पोखरेलले सिकाएअनुसार योग गरेपछि उनको दुखाइ कम भएछ। पोखरेल भन्छन्, ‘नरबहादुर दाइ सबैलाई माया गरेर मोरा–मोरी भन्नुहुन्थ्यो। योगले राम्रो भएपछि मलाई पनि यो मोरो त योगराज रहेछ भन्नुहुन्थ्यो। नाम नै योगराज राखिदिनुभएको थियो।’

योग गर्दाका दुई स्मरण
०६२/६३ मा एउटा कार्यक्रममा भाग लिन सिराहको कल्याणपुर गएका थिए पोखरेल। घर बाहिर सुत्ने व्यवस्था थियो। बिहान अँध्यारैमा उठेर उनी योगाभ्यास गर्दै थिए। योग गर्दागर्दै उज्यालो भएछ। ‘आँखा खोल्दा त मेरो योगाभ्यास हेर्न मानिसहरुको भीड नै लागेको रहेछ,’ उनले सम्झिए। 

पाल्पाको दोभानमा एक कार्यक्रममा जाँदा अमर भन्ने साथीको घरमा बसेका थिए उनी। बिहान उठेर प्राणयाम गर्दै थिए। प्राणयाम गर्दा आवाज निस्कन्छ। त्यो आवाज सुनेर अमरकी आमाले ‘त्यो बाबु बिरामी भएछ, गएर हेर’ भन्नुभएछ। ‘अहिले त्यो घटना सम्झेर रमाइलो पनि लाग्छ। कहिलेकाहीँ अरुको घरमा जाँदा कसैलाई नभनी योग गर्दा त्यस्तो द्विविधा हुन्छ। अरुलाई समस्या पनि हुन्छ,’ मन्त्री पोखरेल भन्छन्। 

मन्त्री भएपछि
गिरिराजमणि पोखरेल दुई पटक स्वास्थ्यमन्त्री भए। अहिले दोस्रो पटक शिक्षामन्त्रीको जिम्मेवारीमा छन्। यो बीचमा उनलेले योग दिवस मनाउने काम सुरु गरे।

२०७२ सालमा शिक्षामन्त्री भएका बेला कांग्रेस नेता नरहरि आचार्यले योग दिवस मनाउने निर्णय कार्यान्वयन गर्नुप¥यो भने। त्यसपछि माघ १ गतेलाई योग दिवसका रुपमा मनाउन सुरु भयो। ‘योगको क्षेत्रमा लागेका सबैलाई शिक्षा मन्त्रालयमा बोलाएर योग दिवस मनायौँ,’ उनले भने।

पूर्वीय दर्शन र योगलाई जोड्नुपर्छ भन्ने मान्यता राख्ने मन्त्री पोखरेल आफ्नो समस्या पनि यसैबाट हल हुन्छ भनेर यसैअनुरुप तालिका मिलाएका छन्। 

डा हरिप्रसाद पोखरेलको नेतृत्वमा आयुर्वेद, जटिबुटी, प्राकृतिक चिकित्सा र योगको पाठ्क्रम तयार गर्न लागेका छन् उनी। सामुदायिक विद्यालयमा योगसम्बन्धी अध्यापनका लागि पाठ्यक्रमको तयार भएसकेको छ। सिटिइभिटीको आगामी बैठकमा त्यो ड्राफ्ट पेस हुँदै छ। उनी सिटिइभिटीको माध्यमबाटै यो वर्ष केही सामुदायिक विद्यालयमा पाइलेटिङ गर्ने योजनामा छन्। त्यसबाहेक योगको नेपाली संस्करण सुरु गर्न प्रारम्भिक ड्राफ्ट बनाएर प्रधानमन्त्रीलाई बनाएर बुझाएको उनले बताए।

सुगरका बिरामी मन्त्री पोखरेल करिब सात वर्षदेखि औषधि सेवन गरिरहेका छन्। सकेसम्म अग्र्यानिक खाना खाने उनी बिहानको खाजा पनि लिटो, जाउलो, फलफूल खान्छन्। योगभ्यासलाई बिहान र बेलुका दुई पटक गर्ने कोसिस पनि गरेका छन् उनले। भन्छन्, ‘बेलुका योग गर्न भने समय मिलिरहेको छैन।’

(यो सामग्री स्वास्थ्य खबर पत्रिका राष्ट्रिय मासिक वर्ष १० अंक २, २०७६ मा पहिलो पटक प्रकाशित भएको हो।)

प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्