एजेन्सी- भारत र मलेसियाबीच तनाव बढ्दाे छ। पहिले काश्मीर र पछि एनआरसी-सीएएलाई लिएर भारत र मलेसियाबीच सुरु भएको गतिरोध बढिरहेको देखिन्छ।
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले जम्मू कश्मीर र एनआरसी-सीएएको विशेष दर्जा अन्त्य गरेकोमा भारतको कडा आलोचना गरे। त्यसपछि भारतले यसको जवाफमा मलेसियाबाट पाम तेलको आयातमा प्रतिबन्ध लगायो।
मलेसियाले भारतको यो मनोवृत्तिको बारेमा चिन्ता व्यक्त गरेको छ। प्रधानमन्त्री महाथिरले उनको देशले आर्थिक नोक्सानी भोग्नु परे पनि गलत कुराका विरुद्ध आवाज उठाइरहने बताए।
समाचार एजेन्सी रोयटर्सका अनुसार भारतीय व्यापारीहरुले गत सातादेखि नै मलेसियाबाट प्रशाेधित पाम तेलको आयात रोकेका छन्। मलेसिया इन्डोनेशियापछि विश्वमा दोस्रो ठूलो पाम तेल उत्पादक र निर्यातकर्ता हो।
भारतले पाम तेल आयात बन्द गरेपछि मलेसियाले ठूलो नोक्सान बेहोर्नुपर्ने छ। 'सरकारले यसको समाधान खोज्छ,' महाथिरले पत्रकारहरुसँग भने, 'हामी यस बारे चिन्तित छौं। भारत पाम तेलको ठूलो खरिदकर्ता हाे। तर, केही गलत हुँदैछ भने हामी स्पष्ट हुनु आवश्यक छ। हामी गलतलाई गलत भन्छौं। यदि हामीले फाइदाका लागि गलतलाई गलत भनेनौं भने धेरै चिजहरु गलत दिशामा जान्छन्। त्यसो भयाे भने हामी पनि गलत गर्न थाल्नेछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।