जनकपुर– धनुषाको ढल्केवर–जनकपुर राजमार्गको सपही र लक्ष्मीनिया सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मोडेल मल्टिपल कलेज जनकपुरको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको हो।
मंगलबार दिउँसो ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको हो।
मृत्यु हुनेमा लक्ष्मीनिया ७ पर्सापकडियाका २५ वर्षीय सन्तोस ठाकुर र क्षिरेश्वर नगरपालिकाका २५ वर्षीय अनवर राई छन्।
उनीहरु दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।