राजविराज– सप्तरीको राजविराज ८ स्थित एनआईसी एसिया बैकमा बम फेला परेको छ।
भवनकाे दाेस्राे तलामा जाने भर्याङ्काे बीच भागमा कार्टुनमा प्लास्टिकले बेरेर राखिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
कार्टुनको बाहिरी भागमा खतरा लेखिएको र तारसमेत बाहिर निस्किएकाे अवस्थामा बम फेला परेकाे हाे।
बिहान करिब साढे ९ बजे कार्यालय खुल्दा कुनै चिज नरहे पनि ग्राहकका लागि कार्यालय खुला गर्ना साथ बम जस्तो वस्तु देखिएको बैंकका म्यानेजर मुकेश साहले जानकारी दिए।
बिहान करिब साढे १० देखि ११ बजेको बीचमा बम राखिएको हुन सक्ने उनले बताए।

करिब ११ बजे आफैंले उक्त वस्तु देखेपछि प्रहरीलाई खबर गरेको साहले जानकारी दिए। राजविराजस्थित सेनाकाे भीम दल गणको डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिरहेको छ। बमका विषयमा हालसम्म कसैले जिम्मेवारी लिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।