काठमाडाैं- सार्वजनिक बसमा अनैतिक हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवकलाई प्रहरीले चितवनबाट पक्राउ गरेकाे छ। उनलाई प्रहरीले साेमबार पक्राउ गरेकाे हाे।
पक्राउ परेका युवाबारे मंगलबार बिहान ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो २०७५ मंसिरमा सामाजिक सञ्जालमा पोस्ट भएको थियो।
भिडियाेमा अश्लील हर्कत गर्ने युवा र पीडित युवती दुवैको अनुहार देखिएको थिएन । प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।