एजेन्सी- फिलिपिन्सको ताल क्षेत्रमा ज्वालामुखी विस्फोट भएको छ। सरकारी निकायहरूले भने पनि केही घण्टा/दिनभित्र फेरि डरलाग्दो ज्वालामुखीको सम्भावना रहेको बताएका छन्।
आइतबार बिहानै ज्वालामुखी विस्फोट हुन सुरु भएको थियो। ज्वालामुखी फिलिपिन्सको राजधानी मनिलादेखि ७० किलोमिटर दक्षिणमा रहेको क्षेत्रमा विस्फोट भएको थियो।
१६ हजारभन्दा बढी मानिसहरू सुरक्षित स्थानतर्फ सारिसकेका छन्। उक्त ज्वालामुखी फिलिपिन्सकै दोस्रो ठूलो भएको बताइएको छ।
बतङ्गास प्रान्तमा गएको ज्वालामुखीले आपतकालीन स्थिति सिर्जना गरेको सो प्रान्तका अधिकारीहरूले बताएका छन्।
ताल क्षेत्रमा अहिलेसम्म ७५ पटक भूकम्पको धक्का महशुस गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।