काठमाडौं– सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१)नक्कली भ्याट बिल मुद्दामा भाटभटेनीसहित पाँच वटै कम्पनी दोषी ठहर, अन्य अरुण इन्टरकन्टिनेन्टल, शंकर ग्याँस, महेश बानियाँ र आईएटी प्रालिद्वारा नक्कली बिल बिजक जारी ।
२)मन्त्री र कर्मचारीले नै पालना गर्दैनन् संसदीय समितिले दिएको निर्देशन, स्पष्टिकरण लिन समिति सदस्यहरूको माग, बैठकमा बोलाउँदा पनि मन्त्रीहरुले समय नदिने गरेको गुनासो ।
३)जनप्रशासन केन्द्रीय विभाग र क्याम्पस प्रमुखको कार्यकक्षमा अनेरास्ववियुको ताला, अनियमितता छानबिन गर्न माग, स्ववियु भन्छ, ’प्रशासनको कमजोरी छैन’ ।
४)‘ए’ डिभिजन लिग फुटबलमा पुलिसलाई १–० ले हराउँदै तीन स्थान उक्लियो एनआरटी, च्यासल र एपिएफबीचको खेल गोलरहित बराबरी ।
५)र, इराकस्थित अमेरिकी वायुसेनाको मुख्यालयमा आठवटा रकेट आक्रमण, ४ जना घाइते, इरानसमर्थित समूहले आक्रमण गरेको अमेरिकाको आरोप ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।