कैलाली- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको न्यायिक आन्दोलनका घाइतेहरुको उपचार खर्च माग गर्दै धर्ना बसेका महिला अधिकारकर्मी तथा घाइतेहरुमाथि प्रहरीले धरपकड गरेको छ।
सोमबार जिल्ला अदालत (कञ्चनपुर) को प्रवेशद्वारमा निर्मलाको न्यायको माग गर्दै धर्नामा बसेका अधिकारकर्मी र न्यायिक आन्दोलनका घाइतेहरुमाथि प्रहरीले धरपकड गर्दा महिला अधिकारकर्मी घाइते भएका छन्।
अदालतको प्रवेशद्वारमा धर्नामा बसिरहेका बेला आफूहरूसहित घाइतेमाथि बल प्रयोग गरी हटाउन खोजेको महिला अधिकारकर्मीहरुको आरोप छ।
धर्ना बसेकाहरुलाई हटाउन प्रहरीले बल प्रयोग गर्दा महिला अधिकारकर्मी शारदा चन्द घाइते भएकी छन्। उनको महाकाली अस्पतालमा उपचार भइरहेको छ।
तस्वीर: खेम भण्डारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।