काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा औपचारिक भ्रमणका लागि आइतबार बंगलादेश प्रस्थान गरेका छन्। बंगलादेशी सेनाका सेना प्रमुख अजिज अहमदको निमन्त्रणमा ७ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै थापा हालै अमेरिकाले दिएको स्काइ ट्रक चढेर बंगलादेश प्रस्थान गरेका हुन्।
तत्कालीन प्रधानसेनापति प्यारजंग थापापछि पहिलो पटक पूर्णचन्द्र थापा सेनाको आफ्नै विमान चढेर विदेश भ्रमणमा गएका हुन्। प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए। उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीवृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति थियो।
थापालाई त्यसअघि जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो। बंगलादेश भ्रमणका क्रममा प्रधानसेनापति थापाले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीसँग औपचारिक भेटवार्ता गर्नेछन्।
यस्तै बंगलादेशी सेनाका तीनवटै अंग ९स्थल, हवाई र जल० प्रमुखसँग भेटवार्ता र मुख्य युनिटको अवलोकन भ्रमण गर्नेछन्। पछिल्लो समय नेपाल र बंगलादेशको सेनाबीच सैन्य सहकार्य बढेको छ। थापाको भ्रमणपछि बंगलादेशका सेनाप्रमुख नेपाल भ्रमणमा आउने छन्। थापा बंगलादेश भ्रमण सकेर माघ १ मा स्वदेश फिर्ता हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।