धनुषा- जनकपुर उपमहानगरपालिकामा राजपाले जित हासिल गरेको छ।
राजपाका लालकिशोर साह १० हजारभन्दा बढी मत ल्याई विजयी भएका हुन्। उनले २१ हजार ९०३ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोज साहले ११ हजार १६४ मत ल्याएका छन्।
साहले मतगणनाको सुरुवातदेखि नै निकै अग्रता लिँदै आएका थिए।
उपमेयर पदमा पनि राजपाबाटै रिता झा विजयी भइन्। उनले १७ हजार १४७ मत ल्याउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसकी निलम कर्णले १० हजार ६०५ मत प्राप्त गरिन्।
उपमहानगरपालिकामा रहेका २५ वडामध्ये राजपाले १२ वडा, कांग्रेसले ७ वडा, संघीय समाजावादी फोरम नेपालले ३, नेकपा (एमाले) ले २ र स्वतन्त्र उम्मेदवार एक वडामा विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।