काठमाडौं- राहदानी विभागले पासपोर्ट जस्तै देखिने पासपोर्टको कभर खरिद तथा बिक्री/वितरणमा प्रतिबन्ध लगाएको छ।
विभागले आइतबार एक सूचना जारी गर्दै पासपोर्ट जस्तै देखिने पासपोर्टको कभर खरिद तथा बिक्रीमा प्रतिबन्ध लगाइएको जानकारी गराएको हो।
'झट्ट हेर्दा साधारण राहदानीजस्तो देखिने राहदानीको खोल (पासपोर्ट कभर) खरिद बिक्रीमा प्रतिबन्ध लगाइएको छ,' विभागले जारी गरेको सूचनामा उल्लेख छ, 'यस्ता खोल बिक्री तथा खरिद नगर्नु हुन सर्वसाधारणमा अनुरोध गरिन्छ।'
पछिल्लो समय पासपोर्ट जस्तै देखिने पासपोर्ट कभरको बिक्री वितरण बढ्न थालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।