• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नक्कली भ्याट बिल प्रकरण : ‘हेर्दाहेर्दै’को मुद्दा सुनुवाइ अन्त्यतिर

64x64
नेपाल लाइभ आइतबार, पुस २७, २०७६  १२:१५
1140x725

काठमाडौं– नक्कली भ्याट बिलमार्फत् राजस्व ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका भाटभटेनी डिपार्टमेन्टल स्टोर्ससहित ४ कम्पनीविरुद्धको मुद्दाकाे आइतबार पेशी तोकिएको छ।

गत आइबार सुनुवाइ भएको मुद्दा हेर्दाहेर्दै आजका लागि तोकिएको थियो। यो मुद्दा फैसलाका लागि अन्तिम सुनुवाइ हुँदै फैसलातर्फ अघि बढेको छ। आइतबार पक्षका कानुन व्यवसायीले बहस सक्दै सरकारी पक्षले आफ्नो कुरा राख्ने छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उक्त मुद्दा आफूसहित न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलाशमा हेर्दाहेर्दै राखेर सुनुवाइ गर्दै आएका छन्। पक्षतर्फका २ जना कानुन व्यवसायीले मात्र बहस गर्न बाँकी रहेकाले आज सुनुवाइ सक्ने मनसायमा इजलाश रहेको छ।

भदौ ३० गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको यो मुद्दा यसअघि पनि ‘हेर्दाहेर्दै’मा थियो। हेर्दाहेर्दै रहेको मुद्दाको आइतबार (आज) तेस्रो पेशी हो। यसअघि कार्तिक १ गते उक्त मुद्दाको सुनुवाइ भएको थियो।

पक्षको बहस समाप्त भएपछि सरकारी पक्षले आफ्नो दाबी ठहर हुनुपर्ने जिकिर पेश गर्नेछ। सरकारी पक्षको बहसपछि भाटभटेनीसहितका व्यवसायीका कानुन व्यवसायीले पुनः प्रतिरक्षा बहस गर्नेछन्। दुवै पक्षको जवाफी बहसपछि अदालतले उक्त विवादमा निर्णय सुनाउने छ। व्यवसायीका  तर्फबाट धेरै संख्यामा कानुन व्यवसायी भएकाले मुद्दा लम्बिदै आएको छ।

२०७० सालदेखि यो मुद्दा सर्वोच्चमा घुमिरहेको छ। सरकारी पक्षले फाइल पेशनगर्ने र कानुन व्यवसायीहरुले पटक-पटक पेशी सारिराख्ने हुदाँ यो मुद्दा ६ वर्षदेखि सर्वोच्चमा विचाराधिन भएको हो। यही आर्थिक वर्षदेखि मात्र यो मुद्दाले सुनुवाइमा निरन्तरता पाउन थालेको हो।

यसअघि गत बैशाख १७ मा सर्वोच्चले फाइल मगाउने आदेश गरेको थियो। सर्वोच्च अदालतमा पुनरावेदन भएको दुई वर्षपछि अन्तिम सुनुवाइ चलिरहेको मुद्दामा पक्षका कानुन व्यवसायीहरुको मागपछि फेरि फाइल मगाउने भन्दै लम्बिएको थियो।

नक्कली भ्याट बिल निर्माण गरेको भनि आरोप लगाइएको तर अनुसन्धानको फाइल कुनै पनि अदालतमा पेश नगरेको भन्दै उक्त फाइल पेश नभएसम्म फैसला गर्न नमिल्ने जिकिर कानुन व्यवसायीले लिएका थिए। व्यवसायीका वकिलहरुको उक्त तर्कपछि प्रधानन्यायाधीश राणासहितको इजलाशले आन्तरिक राजस्व कार्यालयसँग सुरुको अनुसन्धान फाइल र अन्य विवरण पेश गर्न आदेश गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त आदेशपछि राजस्व विभाग आफैंले फाइल र अन्य विवरण सर्वोच्चमा पेश गरेको थियो। लगत्तै प्रधानन्यायाधीश राणासहितको इजलाशले भदौ ३० गतेदेखि उक्त मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलाशबाट थालनी भएको थिए।

६ वर्षअघि छानबिन भएको नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनीसहित ४ आरोपीविरुद्धको मुद्दा आन्तरिक राजस्व विभागको प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधीकरण हुँदै सर्वोच्चसम्म पुगेको थियो।

यसबीचमा नक्कली भ्याट बिलमा मुछिएका व्यापारीहरुले कानुनी छिद्र खोज्दै चलेखल गर्ने प्रयास गर्दै आएका छन्। सुरुमा उनीहरुले मुद्दालाई पेशीमा चढाउन रोक्न खोजेका थिए। तर, लामो समय अदालतमा विचाराधीन भएकाले उनीहरु त्यसमा सफल हुन नसकेपछि मिसिल खोज्ने नयाँ रणनीति अख्तियार गरेका थिए।

२०६९ सालमा ७ अर्ब रुपैयाँ बराबर भ्याट छलीमा परेका करिब ३ सय कम्पनीले नक्कली भ्याट बिलमार्फत् राजस्व ठगेको खुलासा भएको थियो। त्यसपछि आरोपित व्यापारी र कम्पनीहरु सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतमा भाटभटेनी डिपार्टमेन्टल स्टोर्स, अरुण इन्टरकन्टिनेन्टल, शंकर अक्सिजन ग्यास प्रालि र महेश बानियाँविरुद्धको मुद्दा विचाराधीन छ।

Xtrem

Xtrem

भाटभटेनीले ३७ वटाभन्दा धेरै फर्महरुबाट नक्कली बिल खरिद गरेको राजस्व विभागको अनुसन्धानमा पाइएको थियो भने चौधरी ग्रुपको अरुण इन्टरकन्टिनेन्टलले पनि दुई दर्जन फर्मबाट नक्कली बिल खरिद गरेको भेटिएको थियो।

नक्कली भ्याट बिल प्रकरणमा राजस्व न्यायाधीकरणले उनीहरुलाई दोषी ठहर गरे पनि उनीहरु त्यसविरुद्ध सर्वोच्च पुगेका थिए। आजदेखि सुरु हुने मुद्दाको अन्तिम सुनुवाइमा व्यापारी पक्षका कानुन व्यवसायीको संख्या धेरै भएकाले केही हप्ता सुनुवाइ चल्ने निश्चित छ।

व्यापारीहरुले नक्कली बिलमार्फत् छलेको राजस्वको न्यून मूल्यमात्र धरौटीमा राखेर मुद्दा लडिरहेकाले सके आफ्नो पक्षमा फैसला गराउने नसके पेशी सार्दै जाने रणनीति सुरुदेखि नै अख्तियार गर्दै आएका थिए।

प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्