काठमाडौं– रोल्पाका बालबालिकालाई काठमाडौंस्थित पशुपति अन्नपूर्ण आश्रमले न्यानो कपडा सहयोग गरेको छ ।
आश्रमले रोल्पाको सिद्दार्थ नमूना मावि घोप्टेओढार गंगादेबमा अध्यनरत बालबालिकाहरुलाई जाडोमा लगाउने कपडा दिएको हो। विद्यालयमा अध्यनरत ५३ जना बालबालिकाहरुलाई जाडोमा लगाउने ज्याकेट, ट्राउजर र टोपी हस्तान्तरण गरिएको हो ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आश्रमका संस्थापक संरक्षक प्राज्ञ डा. जगदीश बैद्यले न्यानो कपडा हस्तान्तरण गरेका हुन्। बालबालिकाहरुको न्यानो कपडा सिद्दार्थ नमूना माविका संचार संयोजक केबी गुरुङलाई हस्तान्तरण गरिएको थियो।
विद्यालयका शिक्षक तथा नमूना विद्यालय निर्माण अभियान संयोजक प्रेमबहादुर ओलीको समन्वयमा आश्रमले रोल्पाका बालबालिकालाई न्यानो कपडा सहयोग गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।