जनकपुर- अवैध उत्खननको विरोध गर्दै आएका धनुषाको मिथिला नगरपालिकाका युवक दिलीपकुमार महतोको हत्यारालाई फाँसीको सजाय माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ।
शनिबार साँझ जनकपुरको रामानन्द चोकमा उनका हत्याराहरुलाई फाँसीको सजाय माग गर्दै विभिन्न संघसंस्थामा आवद्ध र स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन्।
अवैध बालुवा गिट्टी उत्खननविरुद्धका अभियान्ता ओमप्रकाश महतो (दीलिप)लाई टिपरबाट किचेर हत्या गरेको आरोपमा प्रहरीले हालसम्म ४ जनालाई पक्राउ गरिसकेको छ।
धनुषाको मिथिला नगरपालिका-५, श्रीपुर निवासी २४ वर्षीय महतोको हत्या शुक्रबार टिपरले किचेर गराइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।