रसुवा– नेपाली सेनाद्वारा निर्माणाधीन स्याफ्रुबेँशी–मैलुङ खण्डको निर्माण कार्य ९५ प्रतिशत पूरा भएको छ।
नेपाल चीनको व्यापार व्यवसाय अभिवृद्धि गर्ने लक्षसहित सुरु भएको १७ किमी दूरीको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ। अब धुञ्चेस्थित त्रिशूली दोभान आसपास क्षेत्रमा १ सय मिटर मात्र ‘डब्बल लेन’ गर्न बाँकी रहेको बताउँदै निर्माणमा कार्यरत प्राविधिक सेनानी सञ्जय केसीले चैत महिनाभरमा सम्पूर्ण कार्य पूरा हुने बताए।
२०७२ साल वैशाख १ गतेबाट शुरु भएको स्याफ्रुबेँशी—मैलुङ सडक निर्माण कार्य अतिविकट स्थानका बाबजुद पनि नेपाली सेनाले सरकारले तोकेको समयावधि भित्रै सडक निर्माण सक्ने बताइएको छ। नयाँ वर्ष २०७५ को सुरुवातसँगै नयाँ सडकमा मोटर गुडाएर परीक्षण गर्ने सेनाले बताएको छ।
गल्छी–बेत्रावती—धुञ्चे—रसुवागढीको मार्गभन्दा अब चालू हुने गच्छी–बेत्रावती–मैलुङ–स्याफ्रु–रसुवागढी मार्गमा २५ किमी दूरी कमी हुने नेपाली सेना स्याफ्रुबेँशी–मैलुङ सडक निर्माण कार्यदलले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।