अष्ट्रेलियाको मरिमब्युलास्थित ब्रस्टेल पोसमको जलेको हातको पञ्जा देखाउँदै एक स्वयंसेवक। अष्ट्रेलियाको जंगलमा लागेको आगलागीबाट अहिलेसम्म कम्तीमा पनि ५० करोडभन्दा बढी जनावरहरूको मृत्यु भइसकेको छ।
इरानको राजधानी तेहरानमा भारी संख्यामा इरानीहरूले जनरल कासिम सुलेमानीको अन्तिम संस्कारमा भाग लिएका थिए। यो तस्वीर ड्रोन क्यामेराबाट लिइएको हो।
कासिम सुलेमानी गएको ३ जनवरीमा बग्दादको एयरपोर्ट नजिकै अमेरिकाले गरेको हवाइ आक्रमणमा मारिएका थिए।
मिडियासँग बोल्दै अमेरिकी अभिनेत्री रोज मेकगोवान। रोजसहित अन्य ८० भन्दा बढी महिलाहरूले हलिउडका चलचित्र निर्माता हार्भी वाइन्स्टीनविरुद्ध यौन शोषणको मुद्दा दर्ता गराएका थिए।
उनी सोही मुद्दाको सुनुवाइको पहिलो दिन न्यूयोर्कस्थित क्रिमिनल कोर्टमा उपस्थित भएकी थिइन्।
बुल्गारियाको कोलफरमा इपिफनी पर्व मनाउँदै मानिसहरू। इपिफनी पर्व येशुको जन्मदिनको अवसर पारेर मनाउने गरिन्छ।
यी राता रङ्गका फूल होइनन्।
भियतनामस्थित चाइनिज नयाँ वर्ष मनाउनका लागि एक स्थानीय महिलाले बनाएको अगरबत्तीको सजावट।
चीनको एक उत्तर-पूर्व प्रान्त खेलोजियाङ्गमा सालाना हार्बिन आइस र स्नो फेस्टिवल मनाउनका लागि बनाइएको बरफको ढाँचा।
यो चाड धुमधामसँग मनाउने गरिन्छ।जसमा करीब २ लाख २० हजार क्युबिक मिटर बरफको प्रयोग गर्ने गरिन्छ।
भेनेजुएलामा विपक्षी नेता ख्वान गाइदो राजधानीस्थित कराकसमा संसदको माथिल्लो सदनमा जाने कोशिस गर्दै।
माथिल्लो सदनमा सभामुखको पदका लागि गाइदो निर्वाचित भएपछि मतदानका लागि सहभागी हुन जाँदा रोक्दै सुरक्षाकर्मी।
साउदी अरबको रुमाहमा हरेक वर्ष आयोजित हुने किंग अब्दुलअजिज फेस्टिवलको तस्वीर। यहाँ बिक्रीका लागि उँट ल्याइन्छन्।
सेन्ट्रल म्याक्सिकोको प्युबोलाबाट देखिएको पोपोकेटपेटल ज्वालामुखीबाट निस्किरहेको धुवाँको मुस्लो।
धुवाँको मुस्लो आकाशमा ३ हजार मिटर माथिसम्म पुगेको थियो। यसबाट कसैलाई चोट पुगेको भने थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।