नयाँ दिल्ली- कोलम्बियाली मूलकी पप गायिका शाकिरा २ फेब्रुअरीमा जन्मदिन मनाउँदैछिन्। उनको यो ४३औं जन्मदिन हो।
यस वर्षको जन्मदिन उनका लागि विगतभन्दा फरक हुने भएको छ। किनभने यस वर्ष शाकिराको बाल्यकालदेखिको सपना पूरा हुने भएको छ। भारतीय समाचार संस्था दैनिक भाष्करले शाकिराको बाल्यकालको सपना पूरा हुने विषयमा समाचार प्रकाशन गरेको हो।
यस वर्ष शाकिराका लागि किन विशेष हुने भएको हो त? उनको बाल्यकालको सपना के थियो र यति लामो समय लाग्यो पूरा हुन्? यी प्रश्न स्वभाविक छन्।
वास्तवमा यस वर्ष शाकिरा फ्लोरिडाको मियामीस्थित हार्ड रक स्टेडियम सुपर बाउल हाफटाइम शोमा प्रस्तुति दिँदैछन्। उनीसँगै अमेरिकी नायिका जेनिफर लोपेजले समेत स्टेज सेयर गर्ने भएकी छन्। सुपर बाउल हाफटाइम सोमा प्रस्तुति दिनु शाकिराको बाल्यकालदेखिकै सपना हो।
जनवरीको अन्त्यतिर सुपरबाउल हाफटाइमो शोको रिहर्सल हुने भएको छ। रिहर्सलमा जेनिफर र शाकिरा दुवैले सहभागिता जनाउने भएका छन्।
शकीराले यो खुशी इंस्टाग्राममा सेयरसमेत गरिसकेकी छन्। इभेन्ट आउन २५ दिन बाँकी हुँदा शाकिराले एक पोस्ट शेयर गरेकी हुन्।
.png)
जेनिफरले समेत यसको पुष्टि गरिसकेकी छन्। 'एन्टरटेन्मेन्ट टुनाइट'का लागि जेनिफरले दिएको अन्तर्वार्तामा भनेकी छन्, 'जसले हाम्रो पर्फमेन्स देखेका छैनन्। उनीहरूका लागि सुपर बाउलमा केही खास मिल्नेवाला छ।'
सुपर बाउल नेसनल फुटबल लिग च्याम्पियनसिपको वार्षिक कार्यक्रम हो। सन् २०१९ मा न्यू इंग्ल्यान्ड पेट्रियाट्स यसको च्याम्पियन भएको थियो। शो शाकिराकै जन्मदिन फेब्रुअरी २ मा हुने कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।