राष्ट्रपति चुनावका मुख्य प्रतिस्पर्धी खान ग्वाे यी र साई इंग विन।
एजेन्सी- ताइवानमा शनिबार (आज) राष्ट्रपति पदका लागि मतदान भइरहेको छ।
मतदानले राष्ट्रपतिमात्र चुन्ने छैन, चीनसँगको ताइवानको सम्बन्धको भविष्य पनि निर्धारण गर्नेछ।
चुनावमा मुख्य प्रतिस्पर्धा डेमोक्रेटिक प्रोगेसिभ पार्टीका साई इंग विन र कुओमिनटाङ्ग पार्टीका खान ग्वो यीबीच रहेको छ। यी दुई नेताहरुले चीनसँगको सम्बन्धलाई बेग्लै किसिमले लिएका छन्।
ताइवानका वर्तमान राष्ट्रपति साई विन दोस्रो पटक राष्ट्रपति पदको चुनाव लडिरहेकी छन्। उनी चीन र ताइवान बीचको वर्तमान अवस्थालाई समर्थन गर्दछिन र चीनसँग घनिष्ट सम्बन्ध चाहन्छिन्।
उनका मुख्य प्रतिद्वन्द्वी खान ग्वा यीले पनि चीनसँगको तनाव कम गर्ने वाचा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।