तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट बालिकाकाे मृत्यु भएकाे छ।
शुक्रबार भएकाे दुर्घटनामा सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटारकी १० वर्षीया सुरता परियारको मृत्यु भएको छ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ। मृतक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।