• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

‘छोरालाई सम्झाइदिनू, नत्र कुनै दिन जिउमै टिपर चढाइदिन्छु’

64x64
नेपाल लाइभ शुक्रबार, पुस २५, २०७६  २०:४८
1140x725

धनुषा-  गिट्टी–बालुवाको अवैध उत्खनन र तस्करीले गाउँ र चुरेलाई समेत जोखिम बढाउने खतरा थियो। त्यसको निरन्तर विरोध गर्दै आएका थिए मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप) ले। 

दाजु वीरेन्द्र महतोका अनुसार दिलीपलाई चुप लागेर घरमा बस्न पटक–पटक धम्कीसमेत आउने गरेको थियो। सबैभन्दा बढी धम्की दिएका थिए, औरही खोलामा क्रसर सञ्चालन गर्ने गाउँकै विपीनकुमार महतोले। 

तर धम्कीको वास्ता नगरी दिलीप यस अभियानमा निरन्तर सक्रिय भई रहे।

दाजु वीरेन्द्रका अनुसार दुई दिनअघि गत बुधबारमात्रै बुबा रामजीवन महतोलाई ठेकेदार विपीनकुमार महतोले धम्क्याउँदै भनेका थिए–‘छोरालाई सम्झाइदिनु। नत्र कुनै दिन जिउमै टिपर चढाइ दिन्छु।’ ‘आखिर धम्की दिएअनुसारै भाइलाई टिपरले किचेर हत्या गरिदिए,’ उनले भने।

अवैध उत्खननविरुद्ध आवाज उठाउँदा भाइले ज्यान गुमाउनु परेको बताउँदै उनले भने, ‘पहिलेदेखि नै क्रसर तथा टिपर मालिकले विभिन्न प्रकारका धाकधम्की दिलीपलाई दिँदै आएका थिए। अझ पैसा र मोटरसाईकल दिनेजस्ता प्रलोभन समेत भाईलाई आएको थियो । तर, उसले न धम्कीबाट डरायो न प्रलोभनमा पर्‍यो। विरोध गर्न छोडेन।’

तस्करी गिरोहले योजनाबद्ध रुपमा शुक्रबार बिहान टिपरले किचेर दिलिपको हत्या गर्‍यो। एक होनहार युवाको हत्याले सारा गाउँ नै शोकमा डुबेको छ।

भारतको भोपालमा बिटेक इन्जिनियरिङको अन्तिम सेमेस्टर अध्ययनरत भोपाल क्रसर व्यवसायीको तारो बनिसकेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

घटनास्थलमा रहेका प्रत्यक्षदर्शी रोशन यादवले अबैध बालुवा गिट्टी उत्खनन गरी चुरे तस्करी गर्ने गिरोहले जानी–जानी टिपरले किचेको बताए। आफू भने  भागे जसोतसो ज्यान बचाउन सफल भएको उनले बताए।

‘रातिराती खोला उत्खनन गरी नदीजन्य पदार्थ तस्करी हुँदै आएकोमा आज हामी (दिलिप र म) रोक्नका लागि त्यहाँ पुगेका थियौं। साथीले उत्खनन रोक्न डोजर चालक र टिपर चालकलाई आग्रह गर्‍यो तर, त्यति नै बेला उनीहरुले टिपर स्टार्ट गरेर हामीतर्फ हुँक्याए। टिपर हामीतिर ल्याएको देखेर म भागेँ र छेउ लागें, तर दिलिपमाथि टिपर चढाइदिए। त्यहाँबाट म भाग्दै गाउँमा गुहार माग्न आएँ र गाउँलेसहित त्यहाँ पुग्दा उनीहरु फरार भईसकेका थिए,’ रोशनले घटना बताए।

रोशनका अनुसार घटनापछि आएको प्रहरीले दिलिपको शव मुचुल्का नै नगरी नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाई दियो।’

प्रहरीले आफूलाई आबश्यक सोधपुछ गरेको उनले बताए। दिलीपलाई किचेर हत्या गरेको ना ७ ख ६४१३ नम्बरको टिपर र चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उक्त टिपर घटनास्थलबाट २ सय मिटर दुरीमा रहेको चुरियामाई बालुवा प्रशोधन उद्योगको रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।

दिलीपको हत्यापछि विपिन महतो सहितका बालुवा प्रशोधनका सञ्चालक फरार छन्। 

२ वर्षदेखि अवैध उत्खननविरुद्धको अगुवाई गर्दै थिए दिलिप
दिलीपका साथी शिक्षक कमलेश सिंहकाअनुसार दिलीपले पछिल्लो २ वर्षयता गाउँ नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खननविरुद्ध अभियानको अगुवाइ गर्दै आइरहेका थिए।

सिंहले भने, ‘नदीमा गरिने उत्खननले श्रीपुर वरपरका उब्जाउ खेत खोलाले कटान गर्ने र गाउँमा बाढी छिर्ने भन्दै दिलीप विरोधमा थिए।’

उत्खननको विरोध गरेकै कारण उनको पटक–पटक ठेकेदारसँग पनि विवाद भएको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्चार्ज प्रहरी निरीक्षक रामकुमार यादवले पनि बताए।

दिलिपका छिमेकी सन्जयकुमार महतोका अनुसार उनी दुई साताअघि मात्र कलेज बिदामा घर फर्केका थिए।

दिलीप गाउँमा हुने विवाद मिलाउन पनि अग्रसर हुन्थे। उनले गाउँलाई नै जोखिममा पारेर बडहरी र औरही दुवै खोलामा भइहेको अवैध उत्खननविरुद्ध गाउँलेलाई सचेत गराएका थिए। सन्जयले भने, ‘खोलामा भइरहेको उत्खननविरुद्ध लागेका दिलिप र उनको समूह र टिपर र क्रसर चालकहरुको बेलाबेलामा विवाद पनि हुने गरेको थियो।’

स्थानीयका अनुसार डेढ वर्षअघि मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको संलग्नतामा बसही खोलामा भएको अवैध उत्खनन र खोला अतिक्रमणको विरोधमा पनि दिलीपकै नेतृत्वमा अभियान सञ्चालन भएको थियो।

उनीहरुले जनकपुरबाट पत्रकार टोली बोलाएर उक्त उत्खनन घटनाको भण्डाफोर गरेका थिए। साथै स्थानीय जग्गा व्यापारी राजाराम महतोले ढल्केबरको पूर्वमा रहेको बसही खोलामा गरेको अतिक्रमणबारे पनि आवाज उठाउने काम उनीहरुले गरेका थिए ।

त्यस अभियानपश्चात स्थानीय खोलामा अनियन्त्रित उत्खनन रोक्न नगरपालिकाले मेसिन प्रयोग नगर्ने गरी ४ करोड ५१ लाख रुपैयाँमा नदीजन्य गिट्टी बालुवा उत्खनन गर्न ठेक्का दिएको थियो ।

नगरपालिकाले मेसिन प्रयोग गर्न रोक लगाए पनि क्रसर उद्योगले रातिको समयमा मेसिन चलाएर उत्खनन गर्ने गर्दथे ।

मृतक दिलीपका बुवा रामजीवन महतोले चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोले ‘छोरालाई सम्झाउ नत्र ज्यान पनि जान सक्छ’ भनेर धम्की दिएको बताए । बुवा रामजीवनका अनुसार उनले आफ्नो ५ कठ्ठा जग्गा क्रसर उद्योग सञ्चालन गरिरहेका विपिनलाई भाडामा दिएको र भाडावापतको बाँकी रकम २५ हजार लिन जाँदा विपिनले धम्की दिएर पठाएका थिए। 

यस्तो कार्यको विरुद्धमा गाउँले र स्थानीयबासीले पटकपटक स्थानीय सरकार र प्रहरी प्रशासनलाई जानकारी गराएका थिए। तर, कसैले पनि उनीहरुको आवाज नसुनेको बरु उल्टै क्रसर व्यवसायीले आवाज उठाउनेहरुलाई धम्की दिने गरेका स्थानीयहरुको गुनासो छ।

स्थानीय बुद्धिजिवी तथा सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश २ अध्यक्ष सोमप्रसाद शर्माले प्रहरी र स्थानीय सरकारको अकर्मण्यता र मिलेमतोका कारण व्यवसायी र टिपर सञ्चालकको आतंक झन्झन् बढ्दै गएको बताए । शर्माले उनीहरुको विरुद्ध आवाज उठाउनेको आवाज यसरी नै दबाउने गरेको आरोप लगाए ।

दिलिपका दाजु वीरेन्द्रका अनुसार केही महिनाअघि छठ मनाउन घर आउँदा पनि दिलीपको क्रसर व्यवसायीसँग विवाद भएको थियो। दुई साताअघि घर आएका उनी औरही खोलामा राति डोजर प्रयोग गरी भइरहेको उत्खनन रोक्ने अभियान चलाउन चाहन्थे। जसले गर्दा क्रसर उद्योगीको अबैध उत्खनन गर्ने तस्करकोे गिरोहले उनलाई समाप्त पार्‍यो। 

घटनास्थलको प्रकृति मुचुल्का नै नगरी किन उठाईयो शव?
दिलिपको टिपरले किचेर मृत्यु भएको खबरपश्चात् गाउँले र मृतकका आफन्त घटनास्थल पुग्नै लाग्दा ईलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोली पुगेर उपचार गर्न भन्दै दिलीपको शवलाई हतार–हतार भ्यानमा राखेर लगेको थियो। 
टाउकोमै चक्का चढेर घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा प्रहरीले हतार–हतार गम्भीर घाइते भन्दै घटनास्थलबाट मुचुल्कासमेत नगरी शव उठाएर लगेपछि स्थानीय र आफन्तले हत्यामा प्रहरीको समेत मिलोमतोको आशंका गरेका छन्।

ढल्केवरका स्थानीय अनिरुद्ध महतोले यस घटनामा प्रहरीको मिलोमतो रहेको आशंका व्यक्त गर्दै भने, ‘हामीलाई हेर्नै नदिइकन मृत्यु भइसकेको मान्छेलाई प्रहरीले उपचारका लागि भनेर उठाएर किन लग्यो ?’ उनले भने, ‘प्रहरीले घटनास्थलको मुचुल्का समेत उठाएन। यसको कारण के हो? कि प्रहरीकै संलग्नतामा घटना घटाइएको छ?’

मृतक दिलीपका दाजु वीरेन्द्र महतोले पनि प्रहरीको मिलोमतोमा घटना गराइएको आरोप लगाए।

‘म जब घटनास्थलमा पुगें। शवको प्रकृति पुरै वनावटी लाग्थ्यो। पहिले हत्या गरेर त्यसपछि टाउकोमा टिपर चढाइदिएको जस्तो देखिन्थ्यो, मरिसकेको मेरो भाइलाई हाम्रो घरपरिवार र समाजलाई उपस्थित पनि नगराई मृत्यु भइसकेको अवस्थामा प्रहरीले लास उठाएर लग्यो। मुचुल्का उठाएनन्। यो सबै प्रहरीकै सेटिङगमै भएको हो,’ उनले भने। 

डेढवर्षदेखि श्रीपुर गाउँ पश्चिमको बसही र गाउँ पूर्वको औरही खोलामा अवैध उत्खनन भई रहेको भनेर दिलिपको अगुवाईमा गाउँलेले पटक–पटक आवाज उठाउँदै ईलाका प्रहरी ढल्केवरलाई गुहार गर्दा समेत बेवास्ता गर्दै आएको र क्रसर तथा टिपर मालिकसँग कमिसन खाँदै उनीहरुलाई सहयोग गर्दै आएको स्थानीयवासीको आरोप छ।

ढल्केबरका स्थानीय वुद्धिजीवी सोमप्रसाद शर्माले भने, ‘यो क्षेत्रमा अवैध खोला उत्खननको आतंक रहेको छ, खोलामा अवैध उत्खनन हुँदा स्थानीयले खबर गरेपछि प्रहरीले नै यो आफ्नो काम नभएको बताउँछ र आवाज उठाउनेको अहिले जब हत्या हुन्छ, समाजको मुचुलकाविनै शव उठाएर हतारमा लग्छ। यसले घटनामा प्रहरीको संलग्नता रहेको पुष्टि गर्छ।’

दिलीपको हत्या भएको १ सय मिटर पर औरही खोलामा साधु महतोको छोरा विपीन महतो र विनोद महतोको चुुरिया माई बालुवा प्रशोधन उद्योग छ। सोही उद्योगको टिपर गिट्टी बालुवा उत्खनन गरिरहेको बेला साथी रोशनसँग पुगेका बेला दिलीपको किचेर हत्या भएको थियो।

सो वडाका वडाध्यक्ष (वडा नं. ५) श्यामबाबु यादवले दिलिपका साथी रोशनले आफूलाई फोन गरेर घटनाबारे जानकारी दिएपछि लगत्तै घटनास्थल पुग्दा सबै फरार भइसकेको बताए। उनले रोशनमात्र त्यहाँ रहेको बताए। ‘त्यसपछि मैले प्रहरीलाई खबर गरें र प्रहरी टोली घटनास्थल आउन नपाउँदै मुचुल्कासमेत नगरी शव उठाएर लगे। हामी हेरेको हेर्‍यै भयौं,’ उनले भने।

यता दिलीपका परिवारजनले भने रोशन, वडाध्यक्ष यादव र प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार यादव पनि क्रसर उद्योगीसंग मिलेको आरोप लगाएका छन्। मृतक दिलिपकी बहिनी लक्ष्मीकुमारी महतोले वडाध्यक्ष, प्रहरी, रोशन सबै क्रसरवाला मिलेर आफ्नो दाईको हत्या गरेको आरोप लगाईन् ।

वडाध्यक्ष यादवले भने यसबारे सम्बन्धित निकायले निष्पक्ष ढंगले छानबिन गर्नुपर्ने बताए।

दिलीपलाई किचेर भागेको टिपर विपीनकै क्रसरमा फेला परेपछि ईलाका कार्यालयले नियन्त्रणमा लिएको थियो। टायरमा लागेको मासुको टुक्रा र रगतले टिपरको पहिचान भएको स्थानीयको भनाइ छ।

टिपर त्यहाँ फेला परेपछि साधु महतो, उनका छोरा विपीन महतो र विनोद महतोका साथै उद्योगमा कार्यरत सबै कामदार फरार भएका छन् ।

स्थानीयद्वारा चक्काजाम र प्रदर्शन 
एकाबिहानै टिपरले किचेर दिलिपको हत्या गरिएको भन्दै स्थानीयहरु पूर्व पश्चिम राजमार्गको ढल्केवर सडक खण्ड अवरुद्ध गर्दै चक्काजाम गरि विरोध प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारीहरुलाई प्रहरीले लाठीचार्जका साथै अश्रुग्याँस प्रहार गरेको थियो। 

बिहानैदेखि अवरुद्ध राजमार्ग र स्थानीयको प्रदर्शन उग्र भएपछि प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले २५ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो। 

हत्याको  विरोध गर्दै स्थानीयले प्रहरीमाथि ढुंगामुढा  गर्न थालेपछि भीड नियन्त्रणमा लिन २५ राउण्ड अश्रुग्याँस प्रहार गरेको इप्रका ढल्केवरले जनाएको छ ।

झडपमा परी ईलाका प्रहरी कार्यालय ढल्केवरमा कार्यरत प्रहरी जवान सचेन्द्रकुमार यादव घाईते भएका छन्। घटनापश्चात ढल्केवर पुगेका धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतसहित प्रहरी टोली र स्थानीयबीच घटनास्थलको पुनः प्रकृति मुचुल्का उठाउने, पोष्टमार्टमको रिपोर्टलाई आधार मान्ने र क्षतिपूर्तिका लागि पहल गर्ने शर्तमा प्रदर्शन राकिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्