काठमाडौं– शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) प्रदेश ३ को राजधानी र नामको विवाद समाधान, नाम वाग्मती र राजधानी हेटौंडा राख्ने पार्टी केन्द्रको निर्णय नेकपा प्रदेश-३ संसदीय दलद्वारा अनुमोदन।
२) नेपाल ट्रष्टको जग्गा विवादमा यती समूहलाई झड्का, उच्च अदालतले जारी गर्यो अन्तरिम आदेश, दरबारमार्गको भवन रोकिने ।
३) चिनी मिल सञ्चालक वीरेन्द्र कनौडियाले उखु किसानलाई बुझाए १२ करोड, ६ करोड चाँडै भुक्तानी गर्ने प्रतिबद्धता।
४) एमएम कप क्रिकेटमा प्रदेश २ लाई पराजित गर्दै पुलिस बन्यो समूह ‘बी’ को विजेता, शनिबार मलेसिया ११ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने।
५) र जम्मू-कश्मीर विवादमा भारतीय सर्वोच्च अदालतको फैसला, अनिश्चितकालका लागि इन्टरनेट बन्द गर्नु अभिव्यक्ति स्वतन्त्रतामाथिको हनन भएको व्याख्या।
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।