• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १२, २०८३ Tue, May 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

फिल्म चलाउन ज्योतिषको भर

64x64
नेपाल लाइभ शुक्रबार, पुस २५, २०७६  १८:२०
1140x725

काठमाडौं- अधिकांश नेपाली फिल्म किन कमजोर बनिरहेका छन्? खोतल्दै जाँदा यसपछाडिका कारणहरू त धेरै भेटिएलान् तर एउटा महत्वपूर्ण कारणचाहिँ फिल्मकर्मीले कम मिहिनेत गर्नु पनि हो। 

नेपाली फिल्म क्षेत्र ‘कन्टेन्ट’मा कम मिहिनेत गरे पनि फिल्मको नामदेखि रिलिज, छायांकन तथा गीतको रिलिज मिति तय गर्ने कुरामा भने महिनौं मिहिनेत गर्न तयार हुन्छ। यसैका लागि ठूलादेखि साना फिल्ममेकर ज्योतिषकहाँ धाउँछन्। 

ज्योतिषप्रति फिल्मकर्मीको भरोसा देख्दा कतिपय क्रिटिक्सहरु भन्ने गर्छन्, ‘नेपाली फिल्म त ज्योतिषकै भरमा पो चलिरहेको रहेछ।’

एउटा उदाहरण- हरिहर अधिकारी नेपाली फिल्म क्षेत्रमा परिचित युवा ज्योतिष हुन्। पाँच वर्षअघिदेखि उनी नेपाली फिल्मको नामाकरण गर्नेदेखि रिलिज मिति तय गर्न सघाउँदै आइरहेका छन्। दीपकराज गिरीदेखि अनमोल केसीसम्मको फिल्म युनिट उनीकहाँ धाउने गर्छ। 

पाँच वर्षअघि सन्तोष सेनको ‘चंखे शंखे पंखे’को टिम पनि उनको मा पुगेको थियो। उनको सल्लाहअनुसार नाम,रिलिज मितिसम्म तय गरियो। तै पनि ज्योतिषको केही लागेन। फिल्म नराम्रोसँग चिप्लियो। 

यद्यपि हरिहरको ढोकामा भने फिल्मकर्मीको संख्या घटेन, झन बढेर गयो। ‘चपली हाइट’, ‘भिसा गर्ल’, ‘ताण्डव’, ‘तथास्तु’, ‘ग्याङस्टर ब्लुज’, ‘सम्बोधन’, ‘वडा नम्बर ६’, ‘गाजलु’,‘कृ’ लगायत दर्जनौ फिल्मका निर्माताहरू ‘हाम्रो पनि हेरिदिनुपर्यो’ भन्दै उनको दैलोमा पुगे। त्यसरी गएका एकाध फिल्मले लगानी उठाए पनि अधिकांश डुबे। 

फिल्मको नतिजा कमजोर निस्किए पनि ज्योतिष अधिकारीको क्रेज घटेको थिएन। सायद त्यसपछि हरिहरको हौसला बढ्यो– आफै फिल्म बनाए ‘शुभलभ’। फिल्मको प्रमुख भूमिकामा आफै अभिनय गरेर बच्चैदेखिको हिरो बन्ने रहर पनि पूरा गरे। 

फिल्म रिलिज हुनुअघिसम्म मिडियाले उनलाई पटक–पटक प्रश्न गरेका थिए– ‘अरुको फिल्मको भविष्यवाणी गर्नुहुन्थ्यो, आफ्नोमा त पक्कै ढुक्क हुनुहुन्छ होला?’ उनी आशावादी नै सुनिन्थे।

nimb
nimb
Ncell 2
Ncell 2

तर, जब फिल्म हलमा लाग्यो, त्यसपछि उनको आशा बेस्सरी निराशामा बदलियो। फिल्मवृत्तमा जोडले प्रश्न उठ्यो– ‘अरुको फिल्मको भविष्यवाणी गर्नेले आफ्नै फिल्मको भविष्यवाणी किन गर्न सकेन?’

यो नतिजापछि अपेक्षा थियो- अब फिल्मकर्मी ज्योतिषमा होइन, आफ्नै 'कन्टेन्ट'मा भर पर्नेछन्। तर, थुप्रै फिल्मकर्मीसँग साक्षात्कार गरेपछि थाहा भयो– फिल्मका नामहरू बदलिएछन्, तर प्रवृत्ति बदलिएनछ। 

बरु हरिहरसँग भेटेपछि लाग्यो, धेरै फिल्मकर्मीका यी ज्योतिष बदलिएछन्। ‘पहिलेजसरी व्यावसायिक रुपमै फिल्म युनिटसँग काम गर्न छाडिसकेँ,’ उनी भन्दै थिए, ‘अहिले आफ्नै अफिसको काममा व्यस्त छु। फाट्फुट्ट म्यासेन्जरमा फिल्मकर्मीहरूले नाम के राखौं, मिति कहिले तोकौं भन्ने खाले अनप्रोफेसनल शैलीमा सुझाव माग्छन्। यसले मलाई हैरानी मात्र पार्छ।’ 
००० 

फिल्मका हरेक काम ज्योतिषको सुझावअनुसार गर्ने फिल्मकर्मीको नाम खोज्दै जाँदा थाहा भयो- नाम चलेका कलाकारदेखि निर्मातासम्म यो सूचीमा अट्ने रहेछन्। 

अभिनेत्री तथा निर्देशक झरना थापा एक उदाहरण हुन्, जो ज्योतिषशास्त्रमा अत्यन्तै विश्वास राख्छिन्। दुई वर्षअघि रिलिज भएको ‘ए मेरो हजुर २’को फिल्म लेखनदेखि रिलिजको मितिसम्म पुग्दा हरेक काम उनले ज्योतिषसँग साइत हेराएरै गरेकी थिइन्। 

ज्योतिष हरिहर त आत्मविश्वासका साथ भन्दै थिए, ‘यो फिल्मको नाम, कलरदेखि एस्ट्रोलोजीको सबै पाटो मैले हेरेँ। त्यसरी साइत हेरेर काम गर्नाले नै फिल्मको व्यापार पनि राम्रो भयो।’

त्यसोभए उनको आफ्नै फिल्मचाहिँ के कारण फ्लप भयो? प्रश्न त फेरि पनि उठ्छ। 

साइत हेरेर काम 
कलाकार तथा निर्देशक दीपाश्री निरौला पनि ज्योतिषशास्त्रमा एकदमै विश्वास राख्छिन्। त्यसैले त दीपक–दीपा ब्यानरले बनाएका अधिकांश फिल्म निर्माणको क्रममा उनी ज्योतिषसँग सहकार्र्य गर्छिन्।

‘फिल्म निर्माणको क्रममा पूजा–आजादेखि लिएर, कलाकार छनोट होस् वा मिति तय गर्न हामीले ज्योतिषसँग सहकार्य गर्छौं,’दीपाश्रीले भनिन्, ‘म एकदमै विश्वास गर्ने भएको हुनाले यो देखि यो मितिसम्म राम्रो छ भन्ने भएपछि साइत हेरेर मात्र काम गर्छौ।’
आफ्नो ब्यानरका फिल्ममा उनी हरिहर, विश्वराज थापा, राम गुरुङ लगायतका ज्योतिषसँग सहकार्य गर्ने गर्छिन्। ‘साइतअनुसार काम गरेमात्र योजना सफल हुन्छ,’ उनको विश्वास छ।

अहिलेसम्म व्यापारिक हिसाबमा दीपक–दीपा ब्यानरका अधिकांश फिल्म सफल भए पनि क्रिटिक्सको आँखामा भने अझै असफल नै छन्।

नेपाली फिल्म क्षेत्रमा ‘बाघ निर्माता’का रुपमा चिनिँदै आएका छविराज ओझा त फिल्मको केही पनि काम ज्योतिषको सल्लाहविपरीत गर्दैनन्। अझ फिल्मको नामलाई त उनी विशेष महत्व दिन्छन् । हरेक फिल्मको नाम जुराउनुअघि उनी ज्योतिषको सल्लाह लिन्छन्। दर्शकलाई हलसम्म तान्न फिल्मको नामले ठूलो प्रभाव पार्ने उनको बुझाइ छ । 

‘म त हरेक फिल्मको नाम पक्का गर्नुभन्दा अगाडि ज्योतिषलाई भेट्छु,’ उनी भन्छन्, ‘सुरुमा कलाकार र निर्देशकको राशीफलको आधारमा अक्षर छनोट गर्न लगाउँछु। अनि सोही अक्षरबाट शब्दकोश पल्टाएर कथासुहाउँदो नाम राख्छु। ज्योतिषको सल्लाहअनुसार गर्दा धेरै फिल्म सफल भएका छन्, त्यसैले यसो गर्छु।’

तर, पछिल्लो समय छवीका अधिकांश फिल्म भने फ्लप छन्। त्यसैले उनको फिल्म निर्माण कार्य अहिले सुस्त छ।

‘सबै कुरा मान्न सकिन्न’ 
अभिनेता भुवन केसी भने ज्योतिषशास्त्रमा आधा मात्र विश्वास गर्ने बताउँछन्। ‘मेरो आधा–आधा छ। ज्योतिषशास्त्रलाई मिलाएर गर्न सकेमा सुनमा सुगन्ध हुने र कुनै पनि शुभ कार्य गर्दा उपयुक्त समयमा गरे आत्मामा सन्तोष हुन्छ,’ अभिनेता भुवन भन्छन्। 
तर, विश्वासै गर्ने भनेर ज्योतिषीले नै भनेको आधारमा हुबहु गर्न नसक्ने उनी बताउँछन्। ‘यो मितिमा सुरु गर्नुस्, यो कलाकार लिनुस्, यो कलाकार नलिनुस् भनेर ज्योतिषीले भने पनि सधैं यो सम्भव छैन, उनी भन्छन्, ‘मितिको शुभ साइत नआएको हुनसक्छ। स्क्रिप्ट अनुसारको नाम फिक्स भइसकेको हुनसक्छ, ज्योतिषी अनुसारको त्यो नाम नमिल्ने भएको पनि हुनसक्छ।’

तर, सयप्रतिशत हुनैपर्छ भनेर अन्धविश्वासका साथ भने लाग्ने नगरेको बताउँछन्। भन्छन्, ‘ती कुरा सम्भव भएसम्म सँगै गयौं भने मनमा शान्ति र आनन्दचाहिँ हुन्छ। तर आफूले असाध्यै मिहिनेत गरेको कुरामा आत्मविश्वास हुनुपर्छ।’

निर्माता संघका अध्यक्षसमेत रहेका निर्देशक आकाश अधिकारी आफूले ज्योतिषमा विश्वास गरे पनि ज्योतिषीसग सहकार्य कम नै गर्ने गरेको बताउँछन्।  विश्वास त गर्छु। तर सिनेमाको दर्ता गर्ने समय र कार्यक्रम गर्ने समयमा भने देखाउन बिर्सिहाल्छु।’

यद्यपि, अधिकारी आफ्नो प्रायः फिल्महरूको नाम ‘क’बाट राख्छन्। उनले आफू ज्योतिषकहाँ कमै जाने बताए पनि आफ्ना अधिकांश फिल्मका नाम‘क’ बाट राख्नुमा ज्योतिषीकै सल्लाह रहेको थियो। ‘एक जना गुरुकोमा गएर हेरेको थिएँ। उहाँले नाम ‘क’ बाट राख्नुस् फाप्छ भन्नुभयो।‘क’ बाटै नाम जुराएर ‘क्रोध’ बनाएँ। फिल्म सुपरहिट भयो। त्यसपछि धेरै सिनेमा ‘क’बाट नै निर्माण गरेँ,’ उनले सुनाए।

हराउँदै छ विश्वास 
अभिनेत्री रेखा थापाले ‘अजम्बरी नाता’, ‘हिफाजत’, ‘किस्मत’, ‘कसले चो¥यो मेरो मन’, ‘रावण’ लगायतका फिल्मका काम गर्दा ज्योतिषीहरूसँग सहकार्य गरिन्। तर, पछिल्लो समय भने आफू ज्योतिषीसँग सहकार्य गर्न छाडेको बताउँछिन् उनी। भन्छिन्, ‘पहिला पहिला गरेँ। तर, अहिले सहकार्य गरेको छैन।’
यद्यपि, ज्योतिषशास्त्रप्रति उनको विश्वास भने घटेको छैन। ‘मैले नामहरू  पनि त्यसैगरी जुराइहेको हुन्छु। ‘काली’ फिल्मपछाडि भने ज्योतिषको सल्लाहअनुसार गरेको छैन। गरे पनि सिरियस भएर गरेको छैन। के छ भनेर चेकमात्र गराउँछु।’
उनको भनाइको आशय अनुसार ज्योतिषशास्त्रमा विश्वास भए पनि ज्योतिषमा विश्वास गरिराख्न नसकिने भन्ने छ।  पछिल्लो समय आफूले बनाउने फिल्मका नाम देवीको नामबाट जुराउने भएकाले आफू ढुक्क हुने उनी बताउँछिन्।

‘मालिका भनेको देवीकै नाम हो। त्यही भएर आत्मविश्वास थियो,’ उनले सुनाइन्। तर, ‘मालिका’को व्यापार हलमा आइपुगेपछि भने अपेक्षित भएन। रेखाको आत्मविश्वास पनि त्यसपछि गलत सावित भयो।

ज्योतिषशास्त्रको रहस्य 
अभिनेता बनिसकेका ज्योतिष हरिहर कुनै नाम कसैलाई फाप्ने र कसैलाई नफाप्ने बताउँछन्। ‘नाम कुनै फाप्ने हुन्छ। कुनै नफाप्ने हुन्छ। नामबाट राशी निस्कन्छ। फिल्म बनाउँदा धेरै जनाको टिम हुन्छ। उनीहरूको राशि र फिल्मको राशी मिल्यो भने यसको परिणाम राम्रो आउँछ,’ उनी भन्छन्।

यदि फिल्मको राशी र कलाकारको राशी मिले पनि रिलिजको समय मिलेन भने असर पर्नसक्ने उनको भनाइ छ। भन्छन्, ‘कुनै पनि राम्रो दिनमा सुरु गर्‍यौं भने त्यसको परिणाम राम्रो आउँछ। नराम्रो दिनमा गर्‍यौं भने नराम्रो आउँछ।’

कमर्सियल र मसालेदार फिल्म बनाउने निर्देशकमात्र बढी ज्योतिषशास्त्रमा आकर्षित भएको हरिहरको अनुभव छ। आर्टिस्टिक फिल्म बनाउने फिल्ममेकर खासै आफूहरूसँग सहकार्य नगर्ने उनी बताउँछन्। 

‘कमर्सियल फिल्म बनाउनेहरूसँग मात्र मेरो सहकार्य छ। डकुमेन्ट्री र आर्टिस्टिक फिल्म बनाउनेहरूसँग खासै सहकार्य हुन्न,’उनले सुनाए।

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्