सोल– नेपाली रेष्टुरेण्टको उद्घाटन कार्यक्रमका लागि भनेर कोरिया ल्याईएकी एक नेपाली कलाकार फरार भएकी छन्। कोरियाको किम्हेस्थित क्लव लुम्बिनी एण्ड लाईभ बारको उद्घाटनका लागि ल्याइएकी कलाकार रेजीना याङखा राई नेपाल फर्किने समय नजिकिँदै गर्दा फरार भएको बारका सञ्चालक नरेश श्रीसले जानकारी दिए।
राईलाई बारका लागि डिजे कलाकारको रुपमा तीन महिनाअघि नोभेम्बरमा सि—४ भिषामा कोरिया ल्याईएकोमा यही जनवरी ३ मा भिसा सकिएको सञ्चालक श्रीसले बताए।
राई भिसा अवधि सकिनु तीन दिन पहिल्यै फरार भएको उनको भनाइ छ। सञ्चालक श्रीसले भने, ‘राईको भिसा सकिनै लाग्दा हामीले नेपालबाट दुईजना कलाकार ल्याउने तयारी गरिरहेका थियौँ, उनीहरुको त भिसा लागिसक्यो तर अर्को पटक कलाकार ल्याउँदा कडाइ हुनसक्छ भन्ने विषयले चिन्तित छौँ ।’ श्रीसले सकेसम्म छिटो फर्कन राईलाई सामाजिक संजालमार्फत आग्रह गरेका छन्। यो उपायले नभए प्रहरीमा खबर गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।