काठमाडौं– दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा यती समूहले निर्माण गरिरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालतका मुख्यन्यायाधीश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यती समूहसँग गरेको सम्झौता त्रुटीपूर्ण देखिएको भन्दै निर्माण अघि नबढाउन आदेश गरेको हो।
उच्चले दुवै पक्षलाई छलफलका लागि आउँदो माघ १ गते बोलाएको छ। अधिवक्ता परिर्वतन राईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै उच्च अदालतले यस्तो आदेश गरेको हो। यती समूहलाई अवैधानिक रूपमा ३० वर्षका लागि लिजमा दिएपछि राईले उच्चमा रिट हालेका थिए।
मासिक चार लाख १६ हजार ६ सय रुपैयाँ भाडा पाउने गरी ट्रस्टले दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई दिँदा राज्यलाई पाँच अर्ब नोक्सान भएको दाबी रिटमा गरिएको थियो।
त्यस्तै अदालतले यस विषयलाइ सार्वजनिक महत्वको विषयका साथै कानूनी प्रश्नलार्इ दृष्टिगत गरि सुनुवाइमा एमिकस क्युरीसमेत झिकाउने आदेश गरेको छ। एमिकस क्युरीका लागि दुई जना वरिष्ठ अधिवक्ता वा अधिवक्ता पठाउन उच्च अदालत बार एसोसिएसनको सहयोगसमेत अदालतले माग गरेको छ।
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।