काठमाडौं– सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्न सर्च कमिटि बनाएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा शुक्रबार बसेको सिनेट बैठकले सर्च कमिटि बनाएको हो।
मन्त्री ढकालको अध्यक्षतामा गठित कमिटिमा अर्थमन्त्रालयका सचिव राजन खनाल र योजना आयोगका सदस्य डा उषा झा सदस्य छन्।
अख्तियारले गत असार २६ गते प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारलाई ८ लाख घुससहित रंगेहात नियन्त्रणमा लिएको थियो।
त्यसअघि डा। रौनियारलाई प्रतिष्ठानको सिनेट बैठकले उपकुलपति पदबाट हटाउन सरकारसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा पदबाट हटाइएपछि डा। रौनियार सर्वोच्च अदालत गएका थिए। अदालतबाट अन्तरिम आदेश लिएर उनी पुनः पदमा बहाली भएका थिए । तर पदबहाली भएको लगभग २ महिना नबित्दै घुससहित रंगेहात समातिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।