काठमाडाैं- अमेरिका र इरानबीच तनाब बढ्पछि त्यस क्षेत्रमा रहेका नपाली नागरिकका बारेमा सरकारले चासाे देखाएकाे छ।
इरान र इराकमा रहेका नेपाली नागरिकको सुरक्षा र उनीहरुको सूचना एकीकृत गर्न परराष्ट्र मन्त्रालयले ‘अन्तर्निकाय समन्वय समिति’ गठन गरेको छ। बिहीवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहितको बैठकले मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको हो।
महाशाखा प्रमुख सहसचिव हरिशचन्द्र घिमिरे नेतृत्वको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरषिद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, श्रम, पर्यटन, सञ्चार मन्त्रालय र सेनाका प्रतिनिधि रहनेछन्। समितिले पश्चिम एसियामा भइरहेको घटनालाई मूल्याङ्कन गर्ने र त्यसबारे सरकारलाई सुझाव दिनेछ।
अमेरिका र इरानबीच केही दिन यता बढेको तनाबका कारण त्यस क्षेत्रमा कामका लागि गएका नेपालीहरु असुरक्षित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।