काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगमा मनाङ र मछिन्द्रबीचको खेलमा विवादमा उत्रने ६ खेलाडीलाई जरिवानासहित प्रतिबन्ध गरिएको छ।
यसका साथै दुवै क्लबलाई समेत ५०-५० हजार जरिवाना गर्ने निर्णय एन्फाले गरेको छ।
खेलाडीलाई अनुशासनमा राख्न नसकेको भन्दै क्लबलाई जरिवाना गरिएको हो।
मनाङ-मच्छिन्द्रका झगडामा उत्रिएका खेलाडीलाई बिहीबार साँझ एन्फाले प्रतिबन्ध लगाउने र ती दुवै क्लबलाई जरिवानासमेत गर्ने निर्णय गरेको हो।
एन्फा अनुशासन कमिटीले मनाङ र मछिन्द्रका समान ३-३ खेलाडीलाई आर्थिक जरिवाना सहित प्रतिबन्ध लगाएको हो।
मंगलबार लिगमा मनाङ र मछिन्द्र मैदानमा थिए। निर्धारित समयमा २–२ गोलको बराबरी खेलेका २ टिम खेललगत्तै आपसी विवादमा उत्रँदै मैदानमै झगडा गरेका थिए। खेलाडीबीच हातपातसमेत भएको थियो।
एन्फाका अनुसार मनाङका जगजित श्रेष्ठलाई ५ खेलको प्रतिबन्धसहित १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
अशोक बराललाई ६ खेलसहित १० हजार जरिवाना गरिएको छ। मनाङकै रञ्जन विष्टलाई दुई खेलको प्रतिबन्ध गरिएको छ।
यस्तै, मछिन्द्रका दिपक राई, देबेन्द्र तामाङ र विजय धिमाललाई समान २ खेलको प्रतिबन्ध गरिएको छ।
मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध गर्दै १० हजार जरिवाना गरिएको छ।
उता मनाङका जगजित श्रेष्ठले भने एन्फाको सो निर्णयप्रति असन्तुष्टि जनाएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै असन्तुष्टि जाहेर गरेका हुन्।
.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।