धनकुटा- हिले बजारमा घर निर्माण गर्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
सोमबार साँझ ५ बजेतिर धनकुटा नगरपालिका–१ हिले बजारमा घर निर्माण गर्ने क्रममा घरधनी ३४ वर्षीय गोपाल बुढाथोकी र कामदार ४५ वर्षीय मिङ्मा शेर्पाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
छत ढलानका लागि फलामे रड बिछ्याउने क्रममा ३३ केभी हाइटेन्सन लाइनमा छोएपछि गम्भीर घाइते भएका दुवैको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।