काठमाडौं– बलात्कारको आरोपमा जिल्ला अदालत सुनसरीबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आदेश बदरको माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन्।
गिरीले जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा मंगलबार निवेदन दिएका हुन्।
यसअघि गिरीलाई धरौटीमा रिहा गर्ने सुनसरी जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकील कार्यालय विराटनगरले उच्च अदालतमा पुनरावेदन गरेको थियो।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख रूपैयाँ धरौटीमा रिहा गर्न १४ पुसमा आदेश दिएको थियो।
मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी निर्दोष रहेको नदेखिएमा र तीन वर्षभन्दा बढी सजायँ हुने अपराधको अभियोग लागेमा पुर्पक्षका लागि थुनामा पठाउनुपर्छ।
याे पनि
सिद्धबाबालाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।