काठमाडौं- जबर्जस्ती करणी मुद्दाका अभियुक्त ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई धरौटीमा रिहा गर्ने सुनसरी जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गरेका छन्। उच्च सरकारी वकील कार्यालय विराटनगरले उच्च अदालतमा पुनरावेदन गरेको हो।
न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख रूपैयाँ धरौटीमा रिहा गर्न १४ पुसमा आदेश दिएको थियो।
मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी निर्दोष रहेको नदेखिएमा र तीन वर्षभन्दा बढी सजायँ हुने अपराधको अभियोग लागेमा पुर्पक्षका लागि थुनामा पठाउनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।