काठमाडौं-नेपाल सरकारले पश्चिम एसिया क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न र थप तनाव भड्कन नदिन आवश्यक सबै उपाय अपनाउन सबै पक्षलाई अपिल गरेको छ।
इरान–अमेरिका द्वन्द्वका कारण यस क्षेत्रमा तनाव जारी रहेका बेला परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो।
पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित घटनाक्रमप्रति सरकार गम्भीर रहेको भन्दै परराष्ट्रले त्यहाँ कार्यरत ठूलो संख्याका नेपाली कामदारको सुरक्षा नेपालको प्राथमिकता रहेको उल्लेख गरेको छ।
सबै खाले विवादको समाधान शान्तिपूर्ण रुपले हुनुपर्ने नेपालको मान्यता रहेको पनि परराष्ट्रले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।