वीरगञ्ज- प्रदेश २ को एकमात्र महानगरपालिका वीरगञ्जमा अहिलेसम्म खसेको मतमध्ये आधाभन्दा बढी गणना भइसकेको छ।
दिउँसो साढे २ बजेको अपडेट अनुसार संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ । यसअघि अग्रता लिइरहेको कांग्रेसलाई पछाडि पारेका संघीय फोरमका मेयर उम्मेदवार विजय सरावगीले अहिलेसम्ममा १० हजार ३ सय ४० मत ल्याएका छन्।
यद्यपि कांग्रेस उम्मेदवार अजय द्विवेदीले १० हजार २ सय ६४ मतसहित सरावगीलाई टक्कर दिइरहेका छन्।
वीरगञ्जको ४७,९३५ मत गणना हुँदा कसको कति मत ?
मेयर/उपमेयर
संघीय समाजवादी १०३४०/९७१६
कांग्रेस १०२६४/११७६०
राजपा ७२१२/६२८५
एमाले ५१९२/६२०६
माओवादी केन्द्र ४७६९/३१३५
लोकतान्त्रिक फोरम ४१६३/३३९३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।