काठमाडौं– ४ लाख १३ हजार नेपाली नक्कली नोटसहित ४ जनालाई प्रहरीको केन्द्रीय अनुस्न्धान ब्यूरो सिअआइबीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–७ का २९ वर्षीय कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकी, काभ्रेको पाँचखा नगरपालिका–१३ का ३२ वर्षीय बलबहादुर रानामगर, डोटीको पूर्वी चौकी गाउँपाकिला–३ का २४ वर्षीय अर्यान खड्का, घनकुटाको छत्र जोरपाटी गाउँपालिका–३ का ३६ वर्षीय छत्रबहादुर लिम्बू छन्।
गंगबुबाट पक्राउ परेका बुढाथोकीबाट प्रहरी २ लाख ९८ हजार नक्कली नोट प्रहरीले बरामद गरेको थियो । नककली नोट बजार पु¥याउने मुख्य व्यक्ति भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बलबहादुर भने जाी नोट बनाउनेका मुख्य व्यक्ति भएको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ९० हजार नक्कली नोट, फोटोकपी मेसिन, सिपियू बरामद गरेको छ।
आर्यन भने जाली नोट डिआइन कर्ता भएको पाइएको छ । उनको साथबाट प्रहरीले २५ हजार नक्कली नोट बरामद गरेको थियो।
छत्रबहादुर भने जाली नोट बजारमा पुर्याउने व्यक्ति भएको पाइएको छ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार मुद्रासम्बन्धी कसुरमा उनीहरूलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख सम्म जरिवाना हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।