काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्बलले सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले हराएको छ। जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
दशरथ रंगशालामा भएको खेलमा आर्मीका लागि एकमात्र गोल खेलको ३० औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गरेका हुन्। ४–२–४ को फर्मेसनमा खेलेको आर्मीले खेलभर सरस्वतीलाई दबाबमा राखेको थियो।
जितपछि शीर्ष स्थानमा पुगेको आर्मीको ५ खेलमा १२ अंक भएको छ। चार खेल जितेको आर्मी यसअघि एक खेलमा भने पराजित भएको थियो। पुछारमा रहेको सरस्वती युथ क्लबले भने अझै अंक जोड्न सकेको छैन।
५ खेलमा ११ अंकसहित मनाङ मर्स्याङ्दी क्बल दोस्रो स्थानमा र ५ खेलमा नै १० अंक रहेको मछिन्द्र क्बल तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।