काठमाडौं- गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। श्रेष्ठ नेकपा एमालेको तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्। श्रेष्ठसहित ३७ सदस्यीय महासंघ केन्द्रीय कमिटी सर्वसम्मत चयन भएको हो।
शनिबारदेखि राजधानीमा चलेको महाअधिवेशनबाट उपाध्यक्षमा झापाको कमल गाउँपालिकाकी उपाध्यक्ष मेनुका काफ्ले चयन भएकी छन्। काफ्ले पनि एमालेको तर्फबाटै निर्वाचित भएकी उपप्रमुख हुन्। त्यसैगरी महासचिवमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ निर्वाचित भएका छन्। तामाङ कांग्रेसको तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।
यसैगरी सचिवमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष देवी बुर्लाकोटी र कोषाध्यक्षमा सल्यानको कमाखा गाउँपालिकाकी अध्यक्ष दिलमाया बुढामगर चयन भए।
महासंघको विधान अनुसार सबैभन्दा धेरै गाउँपालिका जित्ने दलले अध्यक्ष र उपाध्यक्ष, दोस्रो हुनेले महासचिव र सचिव, तेस्रो हुनेले कोषाध्यक्ष पाउने व्यवस्था छ। सोही व्यवस्था अनुसार एमालेले अध्यक्ष र उपाध्यक्ष, कांग्रेसले महासचिव र सचिव पाएका छन्। यसैगरी माओवादी केन्द्रले कोषाध्यक्ष पाएको छ।
विधान अनुसार एमालेबाट अध्यक्षसहित १५ जना, कांग्रेसबाट महासचिवसहित १२ जना, माओवादी केन्द्रबाट कोषध्यक्षसहित ६ जना, संघीय फोरमबाट २ जना, राजपाबाट १ जना र अन्य साना दलहरूबाट २ जना पदाधिकारी निर्वाचित भएका छन्।
निर्वाचित हुनेहरुकाे सूची-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।