काठमाडौं– गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–६ घर भई काठमाडौं ग्रिनल्याण्ड बस्दै आएका ३१ वर्षीय देवेन्द्रकुमार घर्तीमगर र धादिङको निलकण्ठ नगरपालिका–५ घर भई काठमाडौं नयाँबजार बस्ने २४ वर्षीय सुजन पौडेल छन्।
उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार पक्राउ गरेको हो। उनीहरुले हातहतियार देखाउँदै धम्की दिएर रकम असुल्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका घर्तीमगर समेतको टोलीले २०६४ सालमा बरुण लामा र आशीष गुरुङलाई गोली हानी घाइते बनाएका थिए। उक्त मुद्दामा उनी ४ वर्ष जेल बसेर छुटेको पाइएको छ। त्यस्तै पौडेललगायतको टोलीले २०७१ सालमा काजी शाक्यलाई खुकुरी हानी घाइते बनाएका थिए। उनी २०७३ सालमा ज्यान मार्ने उद्योगमा ७ महिना र नुवाकोटमा ४ महिना जेल बसेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।