काठमाडौं– कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले अमेरिका र इरानबीच भईरहेको विवादका बीच विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यस क्षेत्रमा रहेका नेपालीको हित र सुरक्षाका बारेमा अहिल्यैदेखि उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
बिहीबार बसेको बैठकले अन्तर्राष्ट्रिय विश्व राजनीतिक घटनाक्रमको समीक्षा र विश्लेषण गर्दै सरकारलाई उक्त ध्यानाकर्षण गराउने निर्णय गरेको हो। बैठकमा विभागको भावी कार्यक्रमको खाकाका विषयमा समेत छलफल भएको राप्रपाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।