काठमाडौं– मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मध्य प्रदेश छत्रपुरका मोहम्मद तोसिद छन्।
उनी थाइ एयरलाइन्समार्फत् बैंककबाट काठमाडौं आएका थिए। शंका लागेर काठमाडौं मेडिकल कलेज लगेर एक्सरे गराउँदा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा ६ सय ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।