प्यूठान- मल्लरानी गाउँपालिका–३ चौरपानीका ६६ वर्षीय खोडस गिरीलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ।
५८ वर्षीया लोकादेवी गिरीको हत्या आरोपमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक लोकेन्द्र जीसी बताए।
आइतबार गाउँमा बसेको गाउँमा गरिबी निवारण कोष समूहको मासिक बैठकमा लाेकादेवी उपस्थित नभएपछि स्थानीयले उनकाे सोधिखोजी गर्न थालेका थिए। १२ दिन अघिदेखि सम्पर्कविहिन लाेकादेवीकाे शव घरदेखि अन्दाजी १५० मिटरको दूरीमा गाडेकाे अवस्थामा फेला परेकाे थियाे। शव डट्टाकुरा खरयानमा गाडेर दुईवटा खरको मुठाले ढाकेको अवस्थामा फेला पारेकाे हाे। मृतकका तीन छोरा र दुई छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।