नुवाकोट– नुवाकोटको जिल्ला अस्पताल त्रिशुलीमा आइतबार आगलागी भएको छ।
विदुर नगरपालिका वडा नम्बर ९ को कोलोनीमा रहेको अस्पतालमा आगजनी हुँदा लाखौं मूल्य बराबरको स्वास्थ्य उपकरण जलेर नष्ट भएका छन्। नियमित काम सकेर बन्द भएको दन्त विभागमा विद्युत् सर्ट भएर आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ। आगलागीबाट दन्त विभागका सबै उपकरण जलेर नष्ट भएको बताइएको छ।
आगो लागेको केही समयमै अस्पतालका कर्मचारी तथा स्थानीयवासी तथा विदुर नगरपालिकाको दमकलले निभाएकाले अन्य स्थानमा भने क्षति हुन नपाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
अस्पताल प्रशासनले आगलागीको क्षतिको विवरण आउन केही समय लाग्ने बताएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।