• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अमेरिका इरान विवाद : के छ इराकमा रहेका नेपालीको अवस्था?

हामी निगरानीमा छौँ : परराष्ट्र
64x64
नेपाल लाइभ बुधबार, पुस २३, २०७६  १२:१०
1140x725

काठमाडौं- अमेरिका र इरानबीच तनाव बढेसँगै इराकमा रहेका नेपालीको अवस्थाबारे चासो बढेकाे छ। इराकमा नेपालीले दैनिक २० जनाको संख्यामा आप्रवासी कामदारहरुलाई स्वदेश फर्काउन सुरु गरिएको बताएपछि यसबारे थप चासो बढेकाे हाे।

कुवेतस्थित नेपाली दूतावासका अनुसार इराकमा हाल २० देखि २५ हजारसम्म नेपाली कार्यरत छन्। परराष्ट्र स्रोतकाअनुसार ती नेपाली इराकका विभिन्न कूटनीतिक नियोगहरुमा सहयोगीका रुपमा, विभिन्न होटल, रेस्टुराँ, पसल तथा घरेलु कामदारका रुपमा कार्यरत छन्। 

इराकस्थित अमेरिकी बेस क्याम्पमा २ सयभन्दा बढी नेपाली सहयोगीका रुपमा कार्यरत रहेको बताइएको छ। इराकी नागरिकहरुको तुलनामा नेपाली विश्वासिला भएका कारण अमेरिकी बेस क्याम्पमा ठूलो संख्यामा नेपाली श्रमिकहरु कार्यरत छन्। अमेरिकी आक्रमणमा इरानी उच्च सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि केही दिन यता इरान र अमेरिकाबीच विवाद चर्किएको छ। विवाद चर्किएसँगै इराकस्थित बेस क्याम्पका उच्च पदस्थ सैनिकहरु पनि अमेरिकाले फर्काउन थालेको बताइएको छ।

परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘इराकस्थित विभिन्न राष्ट्रका कूटनीतिक नियोग तथा क्याम्पको कार्यस्थललाई ‘ग्रीन जोन’का रुपमा हेरिएको छ। त्योभन्दा बाहिरको कार्यस्थल जहाँ इराकका नागरिक सरह नेपाली कार्यरत छन्, त्यसलाई ‘रेड जोन’का रुपमा हेरिएको छ। इराकको उत्तर क्षेत्रतर्फ नेपालीले सुरक्षित र खुल्ला वातावरणमा काम गरिरहेको अवस्था पनि छ।’

‘अमेरिकी सैनिकहरु सकेसम्म उद्धार तथा मद्दत गर्ने स्वभावका छन्। अहिले अमेरिकी सैनिकहरु आफैँ उच्च जोखिममा छन्। जसले गर्दा उनीहरुले क्याम्प छोडिरहेको अवस्थामा सहयोगीहरुको आवश्यकता घटेसँगै उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हुन सक्छ’ ति अधिकारीले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालीलाई स्वदेश फर्काइएको छैन
इराकमा भएका नेपालीलाई उदृत गर्दै विभिन्न सञ्चारमाध्यमले इराकबाट नेपालीलाई स्वदेश फर्काउन सुरु गरिएका समाचारहरु सम्प्रेषण गरे पनि नेपालीलाई इराकबाट नेपाल नफर्काइएको पराराष्ट्र मन्त्रालयले बताएको छ।

‘इराकमा नेपालीलाई हुनसक्ने जोखिमबारे हामी अलर्टमा छौँ। कुवेतस्थित नेपाली दूतावाससँग हामी सम्पर्कमा छौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेल भन्छन्, अहिले दूतावासले नेपालीलाई स्वदेश फिर्ता पठाइएको छैन। बरु रोजगारदाताहरुले सुरक्षित स्थानमा राखेको हुनसक्छ। आक्रमण हुनसक्छ भनेर असुरक्षित महसुस गरेका छौँ।'

नेपाली श्रमिकहरुसँग सम्पर्कमा रहेर उनीहरुको अवस्था बुझ्न दूतावासलाई निर्देशन दिएको परराष्ट्रले जनाएको छ। इरान अमेरिका विवादपछि इराकस्थित नेपालीहरुमा जोखिम हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरुको सुरक्षाका लागि सरकार सक्रिय रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपालीको सुरक्षाका लागि सरकार गम्भीर छ : श्रममन्त्री यादव 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले इराकमा रहेका नेपालीकाे सुरक्षाका लागि सरकार गम्भीर रहेको बताए। ‘श्रम, परराष्ट्र र गृह मन्त्रालयबीच इराकस्थित नेपालीको समस्या सुल्झाउनका लागि छलफल भइरहेको छ। हामी यस विषयमा गम्भीर छलफल गरिरहेका छौँ,’ मन्त्री यादवले भने।

इराक जोखिमपूर्ण मुलुक भएकै कारण नेपाल सरकारले इराकमा राेजगारीका लागि जान नेपालीलाई प्रतिबन्ध लगाएको छ। तर, पनि अवैधानिक बाटो हुँदै नेपालीहरु रोजगारीको खोजीमा प्रतिबन्धित मुलुक इराक पुग्ने गरेका छन्। अहिले पनि निकै ठूलो संख्यामा नेपाली श्रमिक इराकका विभिन्न क्षेत्रमा कार्यरत छन्।

इराकमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सक्रिय रहेको उल्लेख गरिएको छ। कुवेतस्थित नेपाली दूतावाससँग सम्पर्कमा रही इराकमा रहेका नेपालीको निगरानीका लागि  तथा कूटनीति नियोगहरुसँग सम्पर्क भइरहेको परराष्ट्रले जनाएको छ।

सांकेतिक तस्बिर

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत
सम्बन्धित सामग्री
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरूल... शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा दलित अभियान्ता दीपा नेपाली सरकारलाई ‘सरकार, कोठा खाली छ?’ भन्ने प्रश्न सोध्न लिएर सडकमा उभिएको लामो समय भयो । शुक्रबार, कात्तिक २७, २०८३
पूर्वाधार मन्त्री लम्सालसँग भारतीय राजदूतको भेट दुवै पक्षले बहुआयामिक द्विपक्षीय सहकार्यलाई थप अघि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा शुक्रबार, कात्तिक २७, २०८३
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ शुक्रबार, कात्तिक २७, २०८३
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत शुक्रबार, कात्तिक २७, २०८३
काडमान्डू गोर्खाजलाई ७ रनले हराउँदै सुदूरश्चिम प्ले अफमा शुक्रबार, कात्तिक २७, २०८३
‘सरकार कोठा खाली छ’ आन्दोलनलाई समर्थन गर्न जेनजी अगुवा मिराज ढुंगाना माइतीघरमा शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्