काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भूकम्प पुनर्निर्माण प्राधिकरणका पदाधिकारीबीच प्रधानमन्त्री निवास बालुवाटरमा छलफल सुरु भएको छ।
मंगलबार बस्ने प्राधिकरणको निर्देशक समितिको बैठकलाई आफूले दिने निर्देशन तथा परामर्शबारे प्रधानमन्त्री ओलीले आजको बैठकमा पुनर्निर्माण प्राधिकरणका पदाधिकारीलाई जानकारी गराउनेछन्।
बालुवाटारमा साँझ साढे ५ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित प्राधिकरणका सिइओ युवराज भुसाल लगायत पदाधिकारीको उपस्थिति छ। प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरणको निर्देशक समितिको बैठक मंगलबार बस्दैछ।
यस्तै, बैठकले प्राधिकरणको परामर्श समितिमा रिक्त रहेको सदस्य समेत नियुक्त गर्नेछ। प्राधिकरण स्रोतका अनुसार आजको बैठकले परामर्श समितिमा रहने सदस्यको समेत टुङ्गो लगाउने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।